2024-05-02

Close

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रहरीको घेराबन्दीमा परेका छन् ।

आइतबार भइरहेको उपनिर्वाचन अन्तर्गत बाराको निर्वाचन क्षेत्र नम्बर–२ स्थित पचरौताको वडा नम्बर–७ मा रहेको बेनौली बजारमा अध्यक्ष राउत प्रहरीको घेराबन्दीमा परेका हुन् ।

प्रहरीले डाक्टर राउतलाई घेरावन्दीमा पारेको भन्दै जनमतका कार्यकर्ताहरूले प्रहरीबिरूद्ध नाराबाजी गरेका छन् ।आफ्नो पक्षका उम्मेदवारलाई जिताउन खटेका राउतलाई बाटोमै प्रहरीले रोकेपछि उनी आक्रोशित बनेका छन् ।

प्रहरी प्रशासनको निगरानीमा आधा दर्जन बुथ कब्जा गरिएको डाक्टर राउतले आरोप लगाएका छन् ।

उनले प्रश्न गर्दै भने, ‘निर्वाचन आयोगबाट अनुमति प्राप्त गरेर आएका कुनै पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी घेरावन्दीमा पार्ने ? यस्तो अवस्थामा कसले स्वतन्त्र निर्वाचन गरेको होला ?’

उनले आफूलाई दुई दर्जन प्रहरीले घेरावन्दीमा पारेको आरोप लगाए । मतदानस्थलहरुको माहौललाई त्रसित बनाइएको उनको दाबी छ । उनले मतदानको केही समय बाँकी रहेको बेलामा जसपाले ठाउँ ठाउँमा धाँधली गरिरहेको आरोप लगाएका छन् ।

ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार भिड लिएर हिँडेकोले केही समय सोधपुछ गरिएको जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds