2024-03-29

Close

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयकाे भवन उद्धघाटन भएका छ्न । सोही कार्यक्रमको प्रमुख अतिथि विधायक कुन्दन कुशवाहाले वडा कार्यालयकाे भवन उद्धघाटन गरेको छन । सोही नगरपालिकाले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरि सेवा दिने योजना अनुरुप कार्यालय भवन निर्माण गरिएको थियो । ३५ लाख रुपैयाँको बजेटमा ४ कोठे भवनको निर्माण कार्य सम्पन्न भएको छ ।सो कार्यालय भवनको उद्धघाटन गदैँ विधायक कुशवाहाले वडा नम्बर ४ को वडा अध्यक्ष एबम नगर प्रवक्ता चन्दन कुशवाहाको कार्य भूमिकाको प्रसंशा गर्दै सो भवनको निमार्ण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको थियो ।

यो भान्दा पनि धेरै काम गर्ने लक्ष्य भएता पनि राजनीतिक अवरोधका कारण तथा कोरोना भाइरस र नगर प्रमुख सियाराम कुशवाहा अदालति प्रक्रियामा गएको कारण हामीले काम गर्ने अवधी २ वर्ष मात्र पाएका थियौँ र हामीले सो अवधिमा यति काम गरोका छौँ । अब अगामी बैशाख ३० गते हुँने स्थानीय तहको निवार्चनमा फैसला तपाईहरुले नै गर्नु पर्छ कि समाज विकासका लागि कुन पार्टी चाहिन्छ ।
तपाईहरुले फेरी हाम्रो पार्टीलाई साथ दिनु भयो भने यो भन्दा पनि राम्रो राम्रो योजनाहरु हम्रो पालिकामा आउने छ र विकासको गतिमा तिव्रता हुने छ । हामीले बजारलाई विकासको योजना तथा गाउँ र ३ नम्बर क्षेत्रलाई स्मार्ट क्षेत्र बनाउँन लागि परेका उनले बताए ।

त्यस्तै कार्यक्रममा बल्दै कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहाले भने “हामी आज आफ्नो उदेश्यमा पुरा न भएता पनि ८० प्रतिशत सफल भएका छौँ । हाम्रो टिमले विकासको मार्गमा आएको सबै अवरोधहरुलाई पच्छयाउदै ५ वर्षसम्म गरिने काम हामीले २ वर्षमै गरेर देखाएका छौँ । यो निवार्चनमा पनि यस्तै विश्वास गरेर हाम्रो साथ दिनु । यो निर्वाचनमा पनि हाम्रो पार्टीले जितन सफल भयो भने यो भन्दा पनि राम्रो कामहरु गरेर देखाउँने छौँ ।” उनको भनाई छ । उनले यो निवार्चनमा राम्रो संग सोच विचार तथा काम हेरर मात्र मत दिनका लागि अनुरोध समेत गरेका छन् ।

यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष चन्दनकुमार कुशवाहाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले वडाको सेवालाई सहज बनाउन तथा विभिन्न विषय वस्तुबारे काम गर्न अब सहज हुँने बताए

साथै उनले भने हामीले ५ वर्षको अवधीमा जति काम गर्यौ त्यति काम अरु पालिकाहरुले आफ्नो पालिकामा पनि गर्न सकेको छैन् ।
साथै कार्यक्रममा एमाले जिल्ला कमिटि अध्यक्ष त्रिभुवन साह उर्फ अमर साहको विशिष्ठ आतिथ्यता रहेको र एमाले प्रदेश कमिटि सदस्य चन्देश्वर बैठा, नेकपा एमालेका कटहरया नगर कमिटी अध्यक्ष योगेन्द्र साह लगायत वडा नम्बर ४ को कर्मचारी, जनप्रतिनिधिहरुको लगायतका बिभिन्न नेता कार्यकर्ता को संचारकर्मीहरु को सहभागितामा कार्यक्रम सम्पन्न भएको छ

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds