2024-04-20

Close

चन्दन कुमार माघ १७, चौतर्फी आलोचनाका केन्द्र बनेका बारा जिल्लाको बारागढि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरी र गाउँपालिका अध्यक्ष देवदत बछार थारुका कारण गाउँपालिकाका सम्पुर्ण काम काजहरु अवरोध भएको स्थानियहरुले बताएका छन। केही दिन अगाडि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बारागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार वकिल पाललाई दिएर पठाइसके पछि पनि अहिले सम्म बारागढीका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले आफ्नो रवाना बुझेको छैन। आफ्नो ठाउमा आएको नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई आफु संग रहेको सवारी साधन लगायतका समानहरु बुझाउनुपर्ने कानुन रहे पनी अधिकृत चौधरी केही जवाफ नदिई सम्पर्क बिहिन भएको बारागढिका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले बताउनु भएको छ। नयाँ अधिकृत आएको १८ दिन भई सक्दा पनि गाउँपालिकाको प्रसासनिक कार्य लगायत गाउँपालिका बाट प्रवाह हुने विभिन्न कार्यहरु अवरुद्व हुदा सर्वसधारण जनताहरु धेरै मर्कामा परेको गा.पा कि उपाध्यक्ष लक्ष्मी देवी रायले बताएकी छिन। उहाले बताए अनुसार गाउँपालिकाको पुरानो अधिकृत अमोद चौधरीको सरुवा भए पनि गाउँपालिकाका अध्यक्षले चौधरीलाई आफ्नो व्यक्तिगत फाईदाको लागि फेरि यसै गाउँपालिकामा राख्न खोजेको र अधिकृत चौधरीलाई पनि गाउँपालिका बाट जान्न मन नरहेको बताई। यस्तै बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल ज्युले बारागढीका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई छ्लफलको लागि बोलाए पनि नगएको त्यसै छ्लफमा गएकी उपाध्यक्ष रायले बताई। यस्तो कार्यले गाउँपालिकाका बिकास कार्य लगायत विभिन्न कार्यमा अवरोध भएकोले स्थानियहरु धेरै आक्रोशित बनेका छ्न । केही दिन अघि नै गाउँपालिकामा आएको प्रमुख प्रशासकिय अधिकृत वकिल पालले पुरानो अधिकृत चौधरीको रवाना सम्बन्धी सम्पुर्ण कगजातहरु तयार गरि दिए पनी अधिकृत चौधरी नत, सम्पर्कमा आएको छ ,नत आफ्नो रवाना पत्र बुझेको छ। कानुन बमोजिम २१ दिन सम्म रवाना पत्र बुझन मयाद भएकोले २१ दिन भित्र न आए पछी सम्पुर्ण कार्य पुरानै अवस्था झै फेरि संचालन हुने अधिकृत वकिल पालले बताउनु भएको छ। स्थानियहरुको भनाई अनुसार भ्रष्टाचार गर्नु छैन भने अहिले सम्म आफ्नो रवाना पत्र किन नबुझेको र के कारणले आएको नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई गा.पा अध्यक्षले काम गर्न नदिएको भन्दै स्थानियहरु आरोप छ । त्यसतै स्थानियहरुको भनाई अनुसार Call24 को कार्यक्रममा पनि अध्यक्षले सोधिएका प्रश्न हरुको जवाफ नदिएको र आफ्नो मनमानी गर्दै गाउँपालिकाको सेवा सुबिधाहरु अवरोध गरेको आरोप छ। आफुहरुकै मत बाट बिजई भई गाउँपालिका अध्यक्ष आफुहरुलाई नै दु:ख दिरहेको स्थानियहरुको भनाई छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds