जनकपुरधाम । मधेश सरकारका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले भारत सरकारद्वारा जलप्रहरी सम्मानले सम्मानित कमला बचाउ अभियानका संयोजक विक्रम यादवलाई बधाई दिएका छन् ।
भारत सरकारको जल शक्ति मन्त्रालय, सरकारी टेल.कम या जल जीवन मिसनको संयुक्त तत्वधानमा आयोजित जल प्रहरी सम्मान समारोहमा यादव सम्मानित भएका थिए ।
विगत ४ वर्षदेखि कमला नदी सफाई लगायतको कार्यमा सक्रिय यादवले जल प्रहरी सम्मान प्राप्त गरेपछि मुख्यमन्त्री राउतले आफ्नै निवासमा गमछा ओढाई बधाई दिएका हुन् ।
मधेश सरकारको स्वच्छता अभियानलाई सहयोग पुग्ने गरि कार्य गर्दै आएका यादव जलप्रहरी सम्मानबाट सम्मानित हुने मुलुककै पहिलो व्यक्ति हुन् ।
मधेश र देशकै नाम उच्च गरेकामा थप सफलताको कामना गर्दै कमला बचाउ अभियानमा मधेश सरकारको पनि सहयोग रहने प्रतिबद्धता समेत उनले जनाए ।