2024-05-03

Close

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित करिब २३ करोड रुपैयाँको लागतमा मधेश प्रदेश प्रहरी कार्यालय बन्ने भएको छ ।

हालको संघीय प्रहरी कार्यालय परिसरमा सुविधा सम्पन्न मधेश प्रदेश प्रहरी कार्यालय निर्माण हुन लागेको हो । उक्त कार्यालयको आज एक समारोहबीच मुख्यमन्त्री सरोज कुमार यादवले शिलान्यास गरेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा कार्यालयको भवन निर्माण हुने जानकारी दिए । उनका अनुसार १८ महिनामा निर्माण हुने सम्झौता गरिएको छ ।

कार्यालय शिलान्यास गर्दै मुख्यमन्त्री यादवले प्रहरी समायोजन नहुँदा प्रदेशमा आपराधिक घटना बढेको जिकिर गरे । उनले प्रदेश मातहत प्रहरी आएपछि अपराध घट्ने दावी गरे । उनले भने, प्रदेश मातहत प्रहरी आएपछि सबै सुविधा उपलब्ध गराउँछौं ।

उनले प्रहरी प्रदेश सरकार मातहत आएमा राजश्व डेढ गुणाले बढ्ने पनि बताए । प्रहरी प्रदेश मातहतमा जाँदा राजश्व घट्ने शंका नगर्न संघीय सरकारलाई विश्वास दिलाउन चाहेको उनको भनाई थियो ।

मुख्यमन्त्री यादवले प्रहरी चौकीहरुमा सवारीसाधनका लागि १५ करोड रुपैयाँ उपलब्ध गराउन लागेको बताए । उनले भने यस प्रदेशका प्रहरीलाई मेट्रेस (ओछ्याउने सामग्री) पनि छिट्टै उपलब्ध गराउँछौं ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds