2024-04-19

Close

दिपेश कुमार साह चैत २७ गते
राष्ट्रपति बिधा देवि भण्डारीले रौतहटको मध्यभाग माधव नारायण ३ स्थित गजेन्द्र स्मृति अस्पतालको उदघाटन गरेको छ।
उदघाटन समारोह लाई संबोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन,किसान आन्दोलनको अग्रणी भुमिका खेल्ने स्वर्गीय गजेन्द्र नारायण सिंहको नाउँमा अस्पताल निर्माण गर्नु सराहनीय काम भएको बताए । सामाजिक न्याय का लागि योगदान ,आफ्नो जिवनमा देश र जनताको सेवामा पुर्याएको योगदानको कदर स्वरुप उनको नाउँमा अस्पताल निर्माण हुनु सराहनीय काम भएको उनलेे बताए । मुलुक को स्वाधीनता र स्वतन्त्रताका लागी स्वर्गीय सिंहले संबैधानिक नैतिक र अहिंसक जागरण बाट जनजनमा चेतना पुर्याएको कार्यक्रम का प्रमुख अतिथी राष्ट्रपति बिधादेवी भण्डारीले सम्झना गरिन। बर्तमान अवस्थामा स्वास्थ,शिक्षा,सामाजिक न्याय, जनताको मौलिक हक हो,समजबाद उन्मुख समृद्ध नेपाल सुखी नेपालीको मुलमन्त्र लिएर देश अघि बढिरहेको बिचार राखिन।उनलेे प्रदेश सरकारले ल्याएको बेटि पढाऔं बेटि बचाऔं अभियानको सराहना गरिन । बालबालिकाको लागि पौषटिक आहारको ब्यवस्था,बोक्सी प्रथालाई जरैदेखि उखेल्नु तिनवटै सरकारले भुमिका खेल्नुपर्ने आवश्यकता औल्याईन ।,कृषिमा आधारित किसानको लागि,मल सिचाइ ,माछा पालन ,तरकारी खेती,फलफूल ब्यवस्थित गर्न,चुरेक्षेत्र संरक्षण गर्न,भुमिगत जलस्रोत को संरक्षण देशको गौरव धार्मिक पर्यटन सुदृढ बनाई आर्थिक उन्नतिको लागि भुमिका खेल्न प्रदेश सरकार स्थानीय सरकार र संघीय सरकारको पनि राष्ट्रपति भण्डारीले ध्यानाकर्षण गराईन । अस्पताल स्थापनाले छिमेकी जिल्ला का बिरामीले भरोसायुक्त उपचार सेवा पाउनेमा बिश्वस्त रहेको बताईन।३०० बेडको अस्पताल निर्माणको लागि पहल गर्ने संघीय
अनिल झा र उनकी श्रीमती प्रदेश सांसद डाक्टर डिम्पल झालाई धन्यवाद सहित सिघ्र स्वास्थलाभको कामना गरेको छ्न।
जिवनमरणको दोसाँधमा रहेकी सांसद झाले मन्दिर,मस्जिद निर्माण गरेमा छुट्टाछुट्टै समुदायले पुजा गर्ने तर अस्पतालमा बालक देखि वृद्ध सम्म सबै जातिको उपचार हुने बिचार राखिन। संसारमा जन्म लिएपछि मरन सबैको हुन्चा तर स्मरण कसै कसैको हुन्छ। बिशुद सेवा भावना लिएर संधै स्मरणको लागी समाजको सेवाको लागि अस्पताल निर्माण गराएको र अस्पतालको उदघाटन पछि आफ्नो सपना साकार भएको उनले बताईन ।
कार्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा संघीय सांसद राजेन्द्र महतो,संघीय सांसद अनिलकुमार झा,मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र,आयोजक संस्थाका अध्यक्ष,दिगम्बर झा प्रदेश मन्त्री नवलकिशोर साह,भारतिय महाबाणिय दुत नितेस कुमार,डाक्टर प्रभु प्रसाद साह लगायतका बक्ताहरुले स्वर्गीय गजेन्द्र नारायण सिंहको नाउँमा अस्पताल निर्माण हुनु सराहनीय काम भएको बताउँदै अस्पताल बारे गलत टिप्पणी गर्नु दु:खद रहेकोे बताएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds