2024-05-02

Close

रितेश शर्मा
जनकपुरधाम । करिब १ बर्षअघि जनकपुरको पुलचोकमा अवैद्य यौनधन्दा सँचालन गर्दै आएकी सँचालिकाले अब जनकपुरको वकिल टोलमा यौनधन्दा सँचालन गरेको पाईएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ वकिलटोलस्थित एक घरमा एक ६० बर्षिय वृद्ध सँचालिका रहेको सो कोठीमा खुल्लेयाम अवैद्य यौनधन्दा सँचालन गरिएको छ ।

एक बर्ष अगाडी जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोकस्थित यौनधन्दा सँचालन गर्दै आएकी सोही महिलाले न्यूज ब्यूरोमा समाचार प्रकाशित भएपछि ताल्चा लगाएर भागेकी थिइन् । एक बर्षपछि पुनः उनले जनकपुरको शान्त मोहल्ला मानिने वकिल मोहल्लामा यौनधन्दा सँचालन गरिरहेको पाईएको छ ।

विशेष सूचनाको आधारमा न्यूज ब्यूरोका सहकर्मी रितेश शर्माले गरेको स्टीँग अपरेशनको क्रममा सँचालिका रहेकी महिलाले यसअघि पुलचोकमा यौनधन्दा सँचालन गर्दै आएको स्वीकार गरेकी छन् ।

वकिलटोलस्थित रहेको चर्चित अक्षर विद्या मन्दिरको पूर्व गल्लीमा करिब ३० मिटरको दुरीमा रहेको एक घरमा यौनधन्दा सँचालन गर्दै आएको हो । एकतल्ले पक्की घरमा तीन जना महिलाले यौनधन्दा चलाउँदै आएकी हुन् । वृद्ध महिला यौनकर्मीहरुको म्यानेजर हुन भने दुई जना अन्य महिला देखिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds