2024-04-25

Close

श्याम गुप्ता
बारा, ८ असार । बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको यहि असार ११ गते हँुने चुनावको अहिले निकै चर्चा अनि परिचर्चा भइरहेको छ । यति बेला चुनावमा बिभिन्न प्यानल चुनावी मैंदानमा उत्रिएका छन् । चुनावी मैंदानमा मनोज गुप्ता नेतृत्वको एउटा समूहले आफ्नों प्रचारलाई तिब्रता दिएको हो । उक्त प्यानलबाट बरिष्ठ उपाध्यक्षमा मनोज गुप्ताले उम्मेदवारी दिनुभएको छ । गुप्ता कै नेतृत्वमा बनेको प्यानलले अहिले धमाधम घरदैलो गरिरहेको छ । पछिल्लो समय गुप्ता उद्योग बाणिज्य संघको कार्यसमितिको दुई कार्यकालका लागि सदस्य, दुई कार्यकाल कोषाध्यक्ष र अहिले उपाध्यक्ष पदमा रहेर काम गरी सकेका अनुभवी युवा उद्यमी तथा व्यापारी समेत रहँनु भएको छ । अहिले गुप्ताको बिषयलाई लिएर बजारमा निकै गर्मा गर्मी चलेको छ । सो प्यानलका बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार मनोज गुप्ताले आफ्नों प्यानल निर्वाचित भए पछि खस्किदो व्यापार मन्दिलाई बिकास गर्ने बताउँनु भयो । व्यवसायीको समस्या पहिलो प्रार्थमिक्तामा राखिएको भन्दै उहाँले जीतपुरसिमराको व्यापारलाई सरकारसँग छलफल गरि समाधानको प्रक्रियामा अगाडि बढ्ने बताउँनु भयो ।
बाईट ः– मनोज गुप्ता, वरिष्ठ उपाध्यक्ष उम्मेदवार, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ …………………
गुप्ता नेतृत्वको प्यानलको उमेदवारीलाई लिएर जीतपुरसिमराका व्यवसायीहरुले उद्योग बाणिज्य संघको चुनाव आउँदै गर्दा युवाहरूलाई समेटेर युवाले नैं नेतृत्व गरेको टिम प्रती केहि आशा र बिश्वास व्यावसायिक हकहितका लागि देखा परेको टिप्पणी गर्दै गुप्ता नेतृत्वको टिम प्रती जीतपुरसिमराका व्यवसायीले सकारात्मक रुपमा लिएको बताएका छन् । गुप्ता नेतृत्वको प्यानलमा सफल सञ्चार उद्यमी देखि सफल महिला व्यवसायी सम्म रहेका छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय गुप्ता नेतृत्वको प्यानलका उम्मेदवारहरु आफ्नों प्यानल विजयी हुँनेमा आशावादी देखिएका छन् । गुप्ताको प्यानलबाट वाणिज्य तर्फ उपाध्यक्ष पदमा संतोष कुमार गुप्ता, उद्योग तर्फ उपाध्यक्ष पदमा दिपक गुप्ता, महासचिव पदमा अनिल तिवारी, कोषाध्यक्ष पदमा अम्मर यादव, वाणिज्य तर्फ सचिव पदमा कृष्णा प्रसाद साहले उम्मेदवारी दिनुभएको छ । यसैगरी, उद्योग तर्फ सदस्यहरुमा रीना रौनियार पुरी, र श्रवण प्रधानले उम्मेदवारी दिनुभएको छ । यस्तै, वाणिज्य तर्फ सदस्य पदमा कृष्ण प्रसाद लामिछाने, ठाकुर प्रसाद खतिवडा, प्रदिप कुमार, प्रेम प्रसाद साह, राजिन्द्र गौतम, रामप्रसाद गौतम –नवराज), रेवती देवकोटा (रेखा) हुँनुहँुन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds