2024-05-10

Close

जनकपुरधाम । महोत्तरीको मटिहानीमा आगलागी पीडितलाई सशस्त्र प्रहरी महिला संघद्धारा राहत वितरण गरिएको छ । संघले मटिहानी नगरपालिका ६ जरलहवा टोल बस्तीका १ सय ३ घरधुरीलाई राहत वितरण गरेको हो ।

शनिबार आगलागीबाट पूर्ण रुपमा क्षतिग्रस्त उक्त क्षेत्रमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले पिडितहरुलाई राहत सामाग्री वितरण गरेकी छिन् । सोही अवसरमा संघले सामुहिक खानाको व्यवस्थापन गरेको थियो । मटिहानीको उक्त क्षेत्रमा बुधबार आगलागी भएको थियो ।

स्थापनाकालदेखी नै मानविय सहयोग कार्यमा केन्द्रीत रहि विभिन्न समयमा घटेका विपद्का घट्नाहरुमा राहतका कार्यक्रमहरु संचालन गर्दै आएका संघले यस क्षेत्रमा पनि राहत वितरण गरेको हो । अध्यक्ष लामिछानेले संघको यो नियमति कार्यलाई यहाँ पनि निरन्तरता दिएको बताईन् । उनले पवित्र भुमि मटिहानीमा राहत तथा सामुहिक भोजनको कार्यक्रम गर्दा खुशी मसहुस भएको बताईन् ।

संघले वितरण गरेको राहतमा प्रत्येक घरपरिवारमा कम्बल १, सिरानी १, टाबेल १, पानी खाने बोतल १, जग १, माक्स १०, स्टिलको कचौरा २, स्टिलको गिलास २, स्टिलको थाल २, स्टिलको चम्चा २, ब्यक्तिगत सरसफाई किट (पुरुष÷महिला) तथा सामुहिक रुपमा प्रयोग गर्ने गरी १०÷१० थान शैचालय, प्यान तथा पाईप÷एल्बो लगायतका सामग्रीहरु रहेको थियो । साथै राहत वितरण पश्चात ७ सय जना आगलागी पिडितहरुलाई सामुहिक खाना खुवाईएको थियो ।

राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नामस्त बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती प्राब्दा सिंह शाह, सशस्त्र प्रहरी बल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु लगायत जनप्रतिनिधिहरुसहितको उपस्थिती थियो । कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले संघको यो राहत वितरण कार्यको प्रशंसा गरेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds