2024-04-19

Close

श्याम गुप्ता
बारा, १२ असार ।
बाराकाे जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गुप्ता निर्वाचित हुँनुभएकाे छ । गुप्ता ५९ मतको मतान्तरले निर्वाचित हुँनुभएकाे हाे । बरिष्ठ उपाध्यक्ष सहित नयाँ कार्यसमिति चयनका लागि शनिवार भएको निर्वाचनबाट गुप्ता निर्वाचित हुँनुभएकाे हाे ।
संघको सभाहलमा शनिवार राती देखी भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार गुप्ताले ३१९ मत प्राप्त गर्नुभएकाे छ ।
उहाँका निकटतम प्रतिद्वन्द्धी ओमप्रकाश गुप्ताले २६० मत प्राप्त गर्नुभएकाे छ । भने सोही पदका अन्य उम्मेदवार रामचन्द्र पौडेलले भने २३७ मत, दिनेशप्रसाद कलवारले १२० र अनिलकुमार साहले ११ मत प्राप्त गर्नुभयाे ।
यसैगरी, वाणिज्य तर्फको उपाध्यक्षमा गजेन्द्रप्रसाद गुप्ता निर्वाचित हुँभएकाे छ । गुप्ता ३०० मत प्राप्त गर्दै निर्वाचित हुँनुभएकाे हाे ।
उक्त पदका अन्य उम्मेदवार मोहन साह कलवारले २११ मत, अर्जुन लम्सालले १६६ मत, सन्तोषकुमार गुप्ताल १३४ मत र रामायणप्रसाद साहले १४ मत प्राप्त गर्नुभएकाे छ ।
यता उद्योग तर्फको उपाध्यक्षमा बिजयकुमार साह (सन्ताेष) निर्वाचित हुँनुभएकाे छ । साह ४७ मत प्राप्त गर्दै बिजयी हुँदा उहाँका निकटतम प्रतिद्धन्दी दिपक गुप्ताले ३२ मत प्राप्त गर्नुभएकाे थियाे ।
संघको महासचिव पदमा प्रकाश गिरीले जित हात पार्नुभएकाे छ । गिरी ४८५ मत प्राप्त गर्दै फराकिलो मतान्तरले निर्वाचित हुँनुभएकाे हाे । उक्त पदका अन्य उम्मेदवार लक्ष्मण अधिकारीले २७३ मत र अनिल तिवारीले १८२ मत प्राप्त गर्नुभयाे ।
कोषाध्यक्ष पदमा रामबाबु कलवार निर्वाचित हुँनेभएकाे छ । कलवार पनि फराकिलो मतान्तरले निर्वाचित हुँनुभएकाे हाे । कलवारले ५८५ मत प्राप्त गर्दा सोही पदका प्रत्यासी उम्मेदवार अमरप्रसाद यादवले ३१५ मत प्राप्त गर्नुभएकाे हाे ।
वाणिज्य तर्फको सचिवमा पदमा विष्णुप्रसाद अधिकारीले २२७ मत प्राप्त गर्दै निर्वाचित हुँनुभएकाे छ । सोही पदका उम्मेदवार कृष्णप्रसाद साहले १९८ मत, गीता शर्माले १४३ मत, श्यामबाबु साहले ११६ मत, शान्ताकुमारी बजगाई (रिना) ले ७१ मत र रमेश खरेलले ५९ मत प्राप्त गर्नुभयाे ।
यस अघि उद्योग तर्फको सचिवमा मुकेश साह निर्विरोध निर्वाचित हुँभएकाे थियाे ।
यसैगरी, वाणिज्य तर्फको सात सदस्यमा सन्तोष कुशवाहा, तसौवर हुसेन, राजुप्रसाद साह, विन्देश्वरीप्रसाद साह, प्रदिप कुमार, रीता कँडेल र आशा दाहाल निर्वाचित भएका छन् ।
यस्तै, उद्योग तर्फको तीन सदस्यमा राकेशप्रसाद गुप्ता ५७ मत, राजेशकुमार प्रसाद साह ५६ मत र रीना रौनियार पुरीले ५५ मत प्राप्त गर्दै निर्वाचित हुँनुभएकाे छ ।
कुल १३ सय पाँच मतदाता मध्ये निर्वाचनमा वाणिज्य तर्फ आठ सय ९२, उद्योग तर्फ ८२ र एसोसियट तर्फ तीन मत खसेको थियो । संघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुँने प्रावधान रहेका कारण मोहन शर्मा यस अघि नैं अध्यक्षमा निर्वाचित भईसक्नु भएकाे थियाे । शर्मा अध्यक्षमा निर्वाचित भए पछि बाँकी पदका लागि निर्वाचन भएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds