2025-05-30

Close

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको सम्बन्धमा आफूमाथि लागेको आरोप बारे दुई/चार दिनमा बोल्ने बताएका छन् । शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

एक जना कार्यकताले तपाईँ चक्रब्यूमा त फसेको होइन भनेर साधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ । दुई/तीन दिन किन चुप लागेर बसेका थिए। यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजीराखे थिए । यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छु । आजै काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई/चार दिनमा आफैँ पनि केही कुरा बोल्छु । अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ । त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ ।’

यस विषयमा पार्टीका साथीहरूलाई चिन्ता गर्नुपर्ने केही कारण नभएको उनले बताए । उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दैनँ । जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ । त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दैनँ ।’ आफूमाथि उठेका सबै विषयलाई ठीक ढंगले आफ्नो कुरा राख्ने उनले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर