यदुकूहा वितरण केन्द्रको लाईन विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म काटिने

जनकपुरधाम ।  नेपाल विद्युत प्राधिकरणको यदुकूहा वितरण केन्द्रबाट प्रसारित विद्युत लाईन विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म काटिने भएको छ । 

यदुकूहा वितरण केन्द्र अन्तर्गतको तिनकोरिया फिडरमा ११ केभिएको लाईन मर्मत गर्नुपर्ने अवस्था भएकोले आज शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म लाईन काटिने सूचना प्रकाशित गरिएको हो ।

बिज्ञापन

सो फिडर अन्तर्गतको हडबारा, लवटोली, गर्दनीयचोक, जोगियारा, कर्माही, चिकना, महिनाथपुर, इकराही, तिनकोरिया, बेलापट्टि, झिझा, निकासटोल, दुहबी र गोबराहीसम्मको लाईन अवरुद्ध रहने सूचना जारी गरिएको हो ।

कार्यालयले दिउँसो २ बजेसम्म लाईन काटिने भनिएपछि मर्मतको कार्य त्यो अघि नै सम्पन्न भएपछि तोकिएको समयभन्दा अघि नै लाईन दिने बताएको हो ।