सिरहा । सिरहामा जनता समाजवादी पार्टी (जसपा) का नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व अध्यक्ष रामबलभ साहसहित विभिन्न पार्टीका सयाैं नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले सिरहाले शुक्रबार चोहर्वामाआयोजना गरेको पार्टी प्रवेश तथा आमसभामा नेता साहसहित सिरहा नगरपालिका-१८ का पूर्व वडाध्यक्ष गोपाल यादव लगायत माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादीका सयाैं नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन्
एमाले अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।
सो आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेशमा विकासको लहर ल्याउने पार्टी एमाले भएकाे बताउनुभयाे । आफ्नो नेतृत्वको सरकारको पालामा वर्षौदेखि निर्माण ठप्प रहेको हुलाकी सडक निर्माणको कामले तिव्रता पाएको, पूर्व पश्चिम लोकमार्ग चार लेनमा विस्तार गर्ने काम सुरू गरिएको, तराईका जिल्ला सदरमुकामदेखि लोकमार्ग जोड्ने सडक निर्माण गरिएको उहाँले बताउनुभयाे ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावमा एमालेले बहुमत ल्याउने भन्दै अध्यक्ष ओलीले एमालेको नेतृत्वमा सरकार गठनपछि विकासका कामले गति लिने बताउनुभयाे । देश बनाउने एकमात्र पार्टी एमाले उहाँकाे भनाइ छ ।
This will close in 20 seconds