2024-04-20

Close

आउँदो बिहीबारसम्म बदली, वर्षा तथा हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशभरको मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबार राति जारी गरेको हिउँद यामको विशेष मौसमी बुलेटिन जारी गरेर देशको पश्चिमी क्षेत्रबाट आइतबार प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव फैलिने क्रममा रहेको उल्लेख गरेको हो ।

विशेष मौसमी बुलेटिनमा भनिएको छ, ‘आइतबारदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई यी प्रदेशहरुका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।’
बुलेटिनमा भनिएको छ, ‘सोमबार देशको पहाडी तथा हिमाली भू–भागहरूमा सामान्यदेखि पूर्णतया बदली र तराईका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।’

यस्तै उच्च पहाडी र हिमाली भू–भागहरूमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

पश्चिमी न्यून चापीय मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोवाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

मंगलबार र बुधबार पश्चिमी न्यून चापीय प्रणालीले देशभर फैलिई सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना छ। सो प्रणाली बिहीबारदेखि क्रमिक रुपमा कमजोर बन्दै जाने संभावना छ।

बुलेटिनमा भनिएको छ, ‘मौसम पूर्वानुमान महाशाखाले माथि उल्लिखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्नेछ। सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन समेत अनुरोध छ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds