2024-05-11

Close

कृष्णा यादव वीरगंज : नारायणी यातायात व्यवस्था कार्यालय बिरगंजको प्राबिधिक शाखाबाट नै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको तथ्य बाहिर आएको छ । नारायणी यातायात व्यवस्था कार्यालय बिरगंजका प्राबिधिक शाखाका प्रमोद यादवले नै कार्यालयलाई भ्रष्टाचारको अखाड़ा बनाएको नाम नबताउने शर्तमा त्यही कार्यालयका एक कर्मचारीले बताएका छन ।

निर्देशिका बमोज़िम इनजिनियरलेसवारी चेकजाँच गर्ने मात्रै हो तर सवारी चेकजाँच नगरी सेवाग्राहीसंग बीमाको नाउमा पैसा खाने काम मात्र गरिएको छ ।यति मात्र होईन सकल यकिनको नाउमा पैसा लिने , गाड़ी पुरानो भए नम्बर चिनिएन भने डाढी रकम लिने , डर त्रास देखाई यस्ता बिभिन्न बहानामा सेवाग्राहीहरुसंग पैसा लिने गरेको जो कोहीले पनी सहजै देखन सक्छ । यस्ता थुप्रै घटनाहरु यस भन्दा पहिला पनी सर्बजनिक भईसकेको हूदा ता पनी सम्बन्धी निकाय मौन बस्नु भने त्यो निकाय माथी पनी शंका उत्त्पन हुन थालेको छ ।

यामाहा , हीरो , होण्डा , सुजुकी , टिभीएस , जस्ता थुप्रै कम्पनीको गाड़ीहरु यातायात कार्यालय नलियाई पैसाको भरमा गाड़ी दर्ता भईरहेको छ । यस्ता कतिपै गाड़ीहरु यातायातमा नलियाई दर्ता गरिएको प्रमाण नै हामीसंग फेला परेको छ । त्यो कम्पनी गाड़ी दर्ता गर्नु वापत प्राबिधिक शाखाका यादवले प्रति गाड़ी रु १०० को दरले लिने गरेको एक जना कर्मचारीले बताए । साथै प्रति दिन यस्ता कम्पनीका ८०० देखी ९०० सम्म गाड़ी दर्ता हुने गरेको छ ।

सेवाग्राहीहरुले गाड़ी नामसारी गराउनु परेमा गाड़ी नै लिएर आऊनु परेको छ । तर त्यही कम्पनीको गाड़ी नामसारी गराउनु परेमा ल्याउनु पर्दैन पैसा भएको पुग्छ । यस्ता कतीपै नियम बिपरित पैसाको बलमा प्राबिधिक शाखामा काम हुने गरेको श्रोतले बताएको छ । यो शाखामा काम गर्ने कर्मचारीहरुको सम्पति विवरण छानबिन गरियो भने सीधै पता लगाऊँन सकिन्छ की ती कर्मचारीहरु कतीका इमन्दार रहेका छन ।

नारायणी यातयात व्यवस्था कार्यालय वीरगंज बिचौलियाको अखडा बनेको पाइएको छ । प्रत्यक्ष सेवाग्राही धाई रहदा काम नगरेका त्यहि कर्मचारीले बिचौलियाको माध्यमबाट सरल तरिकाले गरेको पाईएको छ ।

यातायात सवारी शाखाका प्रमुख कुशेशवर साह र बिनित झा सवारी शाखाका अधिकृत र बिजय गुप्तालगाएतका हाकिमहरुले बिचौलिया प्रयोग गरि मान्छे नभएपनि पैसाको भरमा नमसारी हुनेगरेको एक कर्मचारीले बताएका छन्।

यातायात कार्यालय व्यवस्था कर शाखा प्रमुख कुशेशवर साहले बिचौलियाहरु परिचालन गरि दिन्हु लाखौं रुपैया सेवाग्राहीहरुलाई विभिन्न बहाना बनाई असुल्ने गरेको नाम नछाप्रने सर्तमा एक कर्मचारीले बताएका छन्।

यातायात कार्यालयमा रहेका बिचौलिया सोमराज मार्फत विभिन्न किसिमका गाडीको शोहरुमहरु शीत सवारी गाडीहरुको सहमति र नमसारी गराउनको लागि गाडी नभएको रुपैया लिने गरेको स्रोतले जनाएको छ।त्यसैगरि सोमराजले गाडिहरुको ढाटा सेवाग्राहीहरुले खोज्दा नदिने र सो फाईल घरमा लगि १ हजारको दरले रकम लिएर दिने गरेको स्रोतले जनाएको छ।

यातायात कार्यालयमा रहेको फाईलहरु सोभराजले एकजना बाहिरी बस्ने सेवाग्राहीले पटक पटक आफ्नो कारको लाईसेन्सको रिनिवल गराउन आउदा पनि यातायात कार्यालय वीरगंजका कर्मचारीले सर्भर बिग्रेको बहानाबाजी गर्दै टार्ने गर्दथे तर विचौलियालाई पैसा दिएर पठाउदा उनै कर्मचारीले रिनवल गरी दिएको ति सेवाग्राहीले नाम नबताउने सर्तमा बताएका छन ।

प्रत्यक्षदर्शि अनुसार बिचौलियाहरुले आफनै हातले ढाटामा गाडिहरुको नामसारी, गाडिहरु को रिनवल जस्ता कार्यहरू गरी फाट का कर्मचारीसँग सहि गराउछन ।

नारायणी यातायात ब्यबस्था कार्यालय वीरगंजका कर्मचारीहरु ले सेवा ग्राहीलाई बहाना बनाई दुख दिने गरेका छन तर बिचौलियाका माध्यमले पैसा लिएर त्यही काम गर्ने गरेका छन ।

सेवाग्राहीलाई सेवा प्रवाह गर्न कार्यालयको समयमा बस्ने कर्मचारीहरु बिचौलियामार्फत हुने कार्यलाई राति अबेर सम्म कार्यालयमा नै बसेर गर्ने हामीलाइ प्रमाण तथ्य फेला परेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds