धनुषा २ मा काग्रेसको यादव जितको विरुद्ध सर्वोच्चमा मुद्दा दायर

जनकपुरधाम । नेपाली काग्रेसको रामकृष्ण यादवको जित विरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको छ । नेकपा एमालेका उमाशंकर अरगरियाले धाधली भएको दावी गर्दै पुनः मतगणनाको माग गर्दै रिट परेका हो । धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी भएका थिए। यादवले २० हजार १ सय १२ मत ल्याएका थिए। यहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९ सय ५५ मत ल्याएका थिए। क्षेत्रमा पनि धाँधली गरेर कांग्रेसका यादवलाई जिताएको दाबीसहित एमालेका अरगरियाले सर्वोच्चमा मुद्दा दिएका छन्। रिट मंगलबार सर्वोच्चमा दर्ता भएका थिए। यी मुद्दा संवैधानिक इजलासले हेर्ने सर्वोच्च स्रोतले जानकारी दिएको छ।

बिज्ञापन