2025-03-27

Close

वीरगंज २३ पर्सा

असहाय मंच र जानकी टेलिभिजनका संयुक्तमा तिलावपुलको छिउमा रहेको शहिद पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ स्थित तिलाव पुल नजिक मधेश अन्दोलमा सहादत भएका सहिदहरुको समझानामा बनाएको पार्कमा असहाय मंच र जानकी टेलिभिजनका अध्यक्ष बैधनाथ साहको नितृत्वमा
सहिदहरुको शालिकमा पानि हाली फिल्डहमा रहेको फोहोरहरुलाई सरसफाइ गरिएको हो।
मधेश अन्दोलनको क्रममा पर्साको सदरमुकाममा वीरगंजमा सहिद भएका ८ जना मध्ये पाँच जनाको समझानामा
शालिक र पार्क बनाएको हो।
मधेस प्रदेश सरकारका पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीको प्रदेश संसदीय कोषवाट करिब २ करोड रुपैयाको बजेटमा विगत ४ बर्षदेखि निर्माण हुदै आएपनि अहिले सम्म पार्क पुर्ण रुपले काम नहुने सकेको स्थानीयहरुले गुनासो गरेका छन्।
सरसफाई कार्यक्रमका प्रमुख अथिती जानकी टेलिभिजनका अध्यक्ष बैधनाथ साहले मधेस आन्दोलन को बेला मधेश आन्दोलनमा सहिद भएका हरुको सम्झनामा बनाइएको यो पार्क यस्तो अब्यवस्थित हुनु शहिदहरु अपमान सरकारवालाहरु गर्दे आएको देखिन्छ भन्ने पार्क मा कुनैपनि निकाय वा स्थानी तहले सरसफाइ नगरेकोले पार्कमा रहेका ५ जना को सालिकमा धूलो जमेको धेरै दुखको कुरा रहेको बताउनुभयो।शाहले दुःखको कुरा यो छ की सहिद भएका ५ जना लाई पुष्प को माला लगाई समान गर्ने उदेश्य पनि रहेको थियो तर त्यो पार्क को उद्दघाटन नभएको र सहिद हरुको आँखामा बाँधिएको पटीहरु समेत नखुलेको कारण पुष्पको माला लगाइएन।समाज रहेका राज्यको सम्पत्तिहरु जुगाउन सधै असहाय मंच र जानकी टेलिभिजन अगाडी रहने प्रतिबद्धता जनाए ।
जानकी टेलिभिजनका पर्साका ब्यूरो प्रमुख कृष्णा यादवले राज्यका यस्ता सम्पत्तिलाई जोगाउनको लागि हाम्रो समाजका बुद्धिजीवी र युवाहरु समयमा सचेत भई समाजिक कार्यमा अगाडी बढन जोडदिनुभयो।शहिदहरु हाम्रो राज्यको साझा सम्पत्ति भएकोले सबैले मिलीजुली पार्कलाई व्यवस्थापन गरि नमुना पार्क बनाउन तिनै तहका सरकारलाई आग्रह गर्दे यो संस्थाहरुले हप्ताको एक दिन स्थानियहरु संग सहकार्य गरे सरसफाइ र संरक्षण गर्ने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष समाजिक अभियन्ता प्रकाश थारुले शहिदहरुको समझानामा बनाएको पार्क अहिले पूर्ण रूपले कार्य सम्पन्न नभएको जस्तो देखिन्छ ।यो पार्कमा लगाएको पर्खालका रेलिङहरु हेरचार र सुरक्षा नभएको कारण धेरै ठाउँको रेलिङ हरु भाँचेको र पार्क अव्यस्थित रहेको बताए।यो पार्कको संरक्षणको लागि आफुलै सम्बन्धित निकाय संग पहल गरि देशकै नमुना पार्क बनाउने बताउनुभयो।पार्कको सुरक्षाको स्थानियहरुले प्रहरी संग समन्वय गरि राज्यको सम्पत्ति जुगाउनु पर्ने बताए।
उक्त सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश बराल , प्रहरी नायब निरीक्षक कुल कुवर , जानकी टेलिभिजनका संवाददाताहरु बलिराम यादव, राजकिशोर भगत, संदिप कुश्वावाहा , दिवाकर यादव,स्थानिय युवा बिरेन्द्र यादव , लव ठाकुर , बिनोद यादव , सत्रुधन, जयनारायण , राजकुमार लगाएतको स्थानियहरुको उपस्थिति थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर