रास्वपाका १३ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकले बन्द सूचीकाे अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेर समानुपातिक तर्फका सांसद्काे टुंगाे लगाएकाे हो ।

बिज्ञापन

पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. मुकुल ढकालले बन्द सूचीको वरियताकाे आधारमा नाम सिफारिस गरिएकाे बताउनु भयाे ।

डा. ढकालका अनुसार पार्टीले पारित गरेको नाम केही बेरमा निर्वाचन आयोगलाई बुझाइने छ ।

यी हुन् समानुपातिकमा छानिएका १३ सांसद्:

खस आर्य
१. डा. चन्दा कार्की २. डोलप्रसाद अर्याल ३. निशा डाँगी ४. विनीता कठायत

आदिवासी/जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ २. इन्दिरा रानामगर ३. सुमना श्रेष्ठ

दलित १. सन्तोष परियार २. शिव नेपाली

मधेसी १. लक्ष्मी तिवारी २. मनिष झा

थारु १. अशोककुमार चौधरी

मुस्लिम १. असिम शाह