प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै युवा संघले जनकपुरधाममा निकाल्यो मशाल जुलुस

जनकपुरधाम । राष्ट्रिय युवा संघ नेपाल धनुषाले सुन  प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै मशाल जुलुस निकालेको छ ।

सोमबार साँझ जिल्ला अध्यक्ष रोशन यादवको अध्यक्षतामा निस्केको जुलुस जनकपुर भानुचौकबाट सुरु भएर शिव चौकमा कोणसभामा परिणत भएको थियो ।

बिज्ञापन

प्रदर्शन प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरेर समापन भएको थियो । सो क्रममा सरकारले अबिलम्ब छानबिन आयोग गठन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी संघले दिएको छ ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ ।