अप्पन जनकपुर
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकुपर बोल्ट्सले विराटनगर किङ्ग्स विरुद्ध टस जितेर फिल्डिङ गरेको छ । जनकपुर बोल्ड्सका कप्तान अनिल कुमार शाहले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् । विराटनगर किङ्सको कप्तान सन्दीप लामिछाने रहेका छन् ।
अहिले विराटनगरका लागि अकिब इल्यास र मार्टिन गप्टिल क्रिजमा रहेका छन् । नेपाल प्रिमियर लिगको विजेताले १ करोड ११ लाख, उपविजेतालाई ५० लाख, तेस्रो स्थानको टिमले ३० लाख र चौथो स्थानको २० लाख रकम पुरस्कार पाउने छन् ।