अप्पन जनकपुर
जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी इन्स्पेक्टर हरि बहादुर ओलीलाई सम्मान सहित विदाई गरिएको छ ।
धनुषामा रहेका तीन दर्जनभन्दा धेरै संघ संस्थाले एकैपटक प्रहरी इन्स्पेक्टर ओलीलाई सम्मान सहित विदाई गरेका हुन् । जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा ओलीको बिदाई गरिएको हो ।
प्रहरी इन्स्पेक्टर ओलीको नेपाल प्रहरी अपराध अनुसन्धान शाखा नक्साल काठमाडौं सरुवा भएको हो । इन्स्पेक्टर ओलीको सरुवासँंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा सुर्य बहादुर शाही आएको हो ।
नियमित सरुवासंगै जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा बुधबार आयोजित कार्यक्रमकाबीच प्रहरी इन्स्पेक्टर ओलीलाई विभिन्न संघ-संस्थाका प्रमुख र प्रतिनिधिले सम्मानपत्र प्रदान गर्दै संयुक्त रुपमा विदाई गरेका थिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषालगायतका संघ संस्थाले पनि इन्स्पेक्टर ओलीलाई सम्मानसहित विदाई गरेका छन् ।