2025-07-01

Close

जनकपुरधाम । जनकपुर न्यूरो हस्पिटलले शनिबार जिल्ला प्रहरी कार्यालय धनुषा परिसरमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ ।

प्रहरी अधिकारी, जवान र थुनुवाहरूको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक मूल्यांकन गर्न आयोजित एकदिने शिविरमा करिब ६० जनाको परीक्षण गरिएको हस्पिटलका प्रवक्ता संजय मण्डलले जानकारी दिए ।

स्वास्थ्य शिविरमा न्यूरो सर्जन डा. विजय राउतको नेतृत्वमा आएको चिकित्सकको टोलीले न्यूरोलोजी, अर्थोपेडिक र जेनेरल मेडिसिन अन्तर्गत परीक्षण गरेको थियो ।

डा. राउतका अनुसार अधिकांश प्रहरी जवानहरूमा घुँडासम्बन्धी समस्या देखा परेको छ । समयमै खानपिन नहुनु, निरन्तरको ड्युटी, कम आराम जस्ता कारणले सामान्य घुँडाको समस्या देखिएको हो, उनले भने ।

शिविरमा केही जवानहरूमा फंगल इन्फेक्सनसमेत देखा परेको थियो । तर, गम्भीर समस्या कसैमा पनि देखिएन, डा. राउतले स्पष्ट पारे । समयमै खानपान सुधार र सामान्य स्याहारले यी समस्या सहजै निको हुने उनले बताए ।

स्वास्थ्य परीक्षणबाट प्रहरीको भौतिक र मानसिक स्वास्थ्यप्रति संवेदनशीलता देखाउने कार्यप्रति सराहना गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा परिसरमै यस्तो सेवा पुर्याउनु सकारात्मक अभ्यास भएको जनाइएको छ ।

जनकपुर न्यूरो हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदाय र संस्थाहरूमाझ नियमित रूपमा यस्ता निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ । शनिबारको शिविरले सुरक्षा निकायभित्रको स्वास्थ्य अवस्थामाथि ध्यानाकर्षण गराउनुका साथै प्रारम्भिक उपचार र परामर्शको अवसर दिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर