2025-05-12

Close

जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी शत्रुधन यादवलाई ४ मतले पराजित गरे ।
उपाध्यक्ष पदमा दिनेशप्रसाद यादव र ललित मण्डल विजयी भएका छन् र उपाध्यक्ष दिनेश यादव धनुषाको शहीदनगर नगरपालिकाका मेयर हुन् ।
निर्वाचनमा ३३४ मतदाताले मतदान गरेका थिए र नयाँ नेतृत्वको चयनका लागि ५७ सदस्यीय जिल्ला समितिको निर्वाचन सम्पन्न भएको छ ।
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव निर्वाचित भएका छन् ।

प्रथम जिल्ला अधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वी शत्रुधन यादवलाई ४ मतले पराजित गर्दै विजयी भएका हुन् ।

पशुपति यादवले १६८ मत प्राप्त पाएर निर्वाचित हुँदा शत्रुधन यादवले १६४ मत प्राप्त गरे । पशुपति यादव यसअघि पनि जिल्ला अध्यक्ष थिए ।

दुई जना उपाध्यक्षमा दिनेशप्रसाद यादव र ललित मण्डल विजयी भएका छन् । दिनेशले १८० र ललितले १५० मत प्राप्त गरी विजयी भएका छन् ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी राम शंकर पासवान १२४ र अब्दुल मनाङ्गले ७७ मत प्राप्त मात्र प्राप्त गर्न सके । उपाध्यक्ष निर्वाचित दिनेश प्रसाद यादव धनुषाको शहीदनगर नगरपालिकाका मेयर हुन् ।

सचिवमा रामनारायण कापडी ९७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी उमेश महतोले ७० मत मात्र प्राप्त गरेका छन् ।

उपसचिवमा राम विहारी यादव १६० र शशिचन्द्र यादव १५७ मत र कोषाध्यक्ष पदमा सुजिता यादव १५७ मत प्राप्त गरी विजयी भएका छन् ।

सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

७ पदाधिकारीसहित ५७ सदस्य जिल्ला समितिको नव नेतृत्व चयनको लागि ३४२ प्रतिनिधि रहेका थिए । जसमा मतदानमा भने ३३४ जनाले मतदान गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर