बीरगंज २१ श्रावण। भगवान श्रीरामको आयोध्यामा आज देखी शुभ आंरभ भएको ऐतिहासिक दिब्य एवं भब्य श्रीराम मन्दिरको उपलक्ष्यमा बीरगंज दीपावली मनाइएको छ।हिन्दू परिषद नेपाल बीरगंज महानगरपालिका बड़ा न.१ छपकैयामा दिप प्रज्वलित, पूजापाठ एवं श्रीरामको उद्घोष गरि छपकैया हर्ष उल्लासका साथ हिन्दू परिषद नेपालका सदस्य सँगै स्थानीय हिन्दूवादी युवाहरु द्वारा भब्यताको साथ श्रीराम मन्दिर निर्माणको ऐतिहासिक दिनको सम्मानमा खुशियाली सटासाट गरेका हुन। छपकैया बड़ा न.१ शिशोबारिमा स्थानीय युवा रिकी कंठको अगुवाईमा भएको कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल,स्थानीय युवाहरु अजय कर्ण,जितेन्द्र कुर्मी,अमित श्रीवास्तव, सत्यम कर्ण, रवि कर्ण,सोनू कर्ण, खुसबू पटेल,काजल पटेल,रंजीत सोनार,भोला सोनार सहभागी रहेका थिए। साथै बीरगंज महानगरपालिका बड़ा न.२ छपकैया स्थित माई मन्दिरमा समते राम मन्दिर निर्माणको उपलक्ष्यमा दीपावली गरिएको छ।स्थानीय हिन्दूवादी अगुवा राजदेव चौरसियाको अगुवाईमा भएको कार्यक्रममा कृष्ण बहादुर कार्की,अमरनाथ प्रसाद,पुन देव् चौधरी, बाल्मिकी सराफ, रामबाबू केवट, रामबाबू बनिया,सागर चौरसिया, पपु गुप्ता सहभागी रहेका थिए।
This will close in 20 seconds