2025-05-13

Close

सिरहा । जातीय विभाजन र दहेज प्रथाले ग्रसित तराई–मधेशमा प्रेम, समानता र सामाजिक न्यायको सन्देश बोकेर एक अन्तरजातीय विवाहले समाजमा नयाँ उदाहरण प्रस्तुत गरेको छ। सिरहा नगरपालिका–१५ माड़रका २७ वर्षीय अवधेश कुमार झा जो पण्डित र ब्राह्मण समुदायका हुन्। उनले सोही गाउँकी २२ वर्षीय बन्दना कुमारी मण्डल सँग प्रेम विवाह गरेका छन्। बैशाख २८ गते पण्डा बाबा विवाह भवनमा भव्य समारोहबीच सामाजिक रीतिरिवाज अनुसार उनीहरू वैवाहिक बन्धनमा बाँधिए।

यो विवाह विशेष मात्र प्रेममा आधारित नभई सामाजिक सुधारको सन्देश बोकेको छ। अवधेश झाले झण्डै एक दशकअघि ‘ओरेक नेपाल’ नामक संस्थाको बाल विवाह र दहेज प्रथाविरुद्धको कार्यक्रममा सहभागी हुँदै दहेज रहित विवाह गर्ने बाचा गरेका थिए। उनले दिएको प्रतिवद्धता पूरा गर्दै कुनै दहेज नलिई बन्दनासँग विवाह गरेर उदाहरणीय कदम चालेका छन्।

तराई–मधेश क्षेत्रमा अझै पनि जातीय भेदभाव र दहेज प्रथा गहिरो रुपमा जरा गाडेर बसेको छ। यस्तो अवस्थामा एक बहुन युवकले मण्डल समुदायकी युवतीसँग बिना दहेज विवाह गरेर गहिरो सामाजिक सन्देश दिएका छन्। विवाहमा दुबै पक्षका परिवार र गाउँलेहरूको सहभागिता देखिनु पनि सकारात्मक परिवर्तनको संकेत हो।

यसअघि पनि यही बैशाख ५ गते सिरहा नगरपालिका–१६, माड़रकै एक मण्डल समुदायकी केटी र चौहर्वास्थित यादव समुदायका केटाले माडर स्थितकै रामा होटलबाट जयन्ती सजाएर अन्तरजातीय विवाह गरेका थिए। यी घटनाहरूले सिरहामा सामाजिक समरसताको भावना बिस्तार हुँदै गएको संकेत गर्छ।
समाजका लागि सन्देश
यी विवाहहरूले प्रेम, समानता र सामाजिक समावेशिताको स्पष्ट सन्देश दिएका छन्। जातीय विभेद र दहेज प्रथा अन्त्यको दिशामा यस्ता कदमहरूले ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ। समाज सुधारका अभियन्ताहरूले यसलाई सामाजिक परिवर्तनको संवाहक मानेका छन्।
यसरी, सिरहाको माड़र गाउँले जातीय पर्खाल तोडेर प्रेम र समानताको पुल निर्माण गर्ने उदाहरणीय प्रयासका साक्षी बनेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर