2024-05-13

Close

अप्पन जनकपुर, ६ असोज । अब मधेसमा मात्र होइन प्रवासमा पनि मधेशी समुदायका नेपाली नागरिक नेकपा (एमाले) मा प्रवेश गर्नेको लहर लागेको छ । शुक्रबार (२२ सेप्टेम्वर) मात्र कतारमा ४५० जना मधेश समुदायका नेपाली एमाले प्रवेश गरेको छ । गरिबी र श्रमजीवीको कुरा सुन्ने पार्टी एमाले मात्र भएकाले आफूहरू एमाले पार्टीमा प्रवेश गरेको उहाँहरूले बताएका छन् ।

नव प्रवेशीहरूलाई एमाले केन्द्रीय सदस्य तथा मधेस प्रदेशका प्रभावशाली नेता उमाशंकर अरगरियाले माला, खाँदा र अविर लगाएर स्वागत गर्नु भएको थियो । केही दिन अघि कतार पुग्नु भएका अरगरियाको सकृयतामा रोजगारको शिलशिलामा कतारमा रहनुभएका खासगरी मधेस प्रदेशका नेपालीलाई एमालेमा आकर्षित गर्नु भएको हो ।

शुक्रबार सनैयास्थित लाली गुराँस होटलको सभाहलमा प्रवासी नेपाली मन्च कतारले आयोजना गरेको कार्यक्रममा सो पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि अरगरियाका साथै प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेल, तथा प्रवासी नेपाली मन्च मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाईं विशेष अतिथि रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा पूर्वमन्त्री उमा शंकर अरगरियाले सम्बोधन गर्दै नेपाल बनाउने पार्टी नेकपा एमाले मात्र रहेको तथा पार्टीहरूका अध्यक्षहरू मध्येमा राष्ट्र बनाउने व्यक्ति केपी ओली मात्र रहेको बताउनुभएको थियो । राष्ट्रका बारेमा धेरै कुरा बोल्नुभएका नेकपा एमालेका नेता अरगरियाले आफ्नो मन्तव्य मैथली भाषामा राख्नुभएको थियो ।

पुर्व मन्त्री अरगरियाले केपी ओली प्रधानमन्त्री हुँदा भएका विकासको फेहरिस्त प्रस्तुत गर्नु भएको थियो । उहाँले ओलीको तीन वर्षको कार्यकालमा नेपालको ८० प्रतिशत पुलका योजनाका अलावा ‘मधेस सुरक्षा कार्यक्रम’, सीमा सुरक्षा कार्यक्रम, रेललाई लिगमा उभ्याउने काम, सबै केपी ओलीको पालामा भएको हो’ अरगरियाले बताए ।

आफ्नो मन्तव्यको अन्त्यमा प्रमुख अतिथि अरगरियाले हामीले नेकपा एमाले भित्र रहेर, लाल मधेशी बनेर मात्र जय मधेसको नारा घन्काउनु पर्दछ । २०८४ को चुनावमा देशमा अनि मधेश प्रदेशमा एक नम्बर पार्टी नेकपा एमाले हुन्छ । अनि यो बनाउने जिम्मेवारी आज संगठन प्रवेश गर्नेहरूको समेत विशेष रूपमा रहने बताए ।

उपस्थित सम्पूर्णलाई स्वागत गर्दै प्रवासी नेपाली मन्च कतारका उपाध्यक्ष अफसर अलि खानले रोजी रोटीको हकलाई हक मानेर बोल्ने जो कोही होस् त्यो कम्युनिष्ट कहलाउँछ भन्दै संगठन प्रवेश कार्यक्रम निरन्तर चल्ने कार्यक्रम भएको तर आज को अवस्था हेर्दा यो अन्तिम मौका भए झैं प्रवेश कार्यक्रममा जनलहर देखिएको बताउनुभयो ।
नव प्रवेसीहरूको तर्फबाट सम्बोधन गर्दै पत्रकार तथा साहित्यकार कसीम राइनले प्रवासी नेपाली मन्चको छाता मुनि गोल बन्द हुन पाउनु हाम्रो भाग्य हो बताए । उहाँले नव प्रवेसीहरूलाई प्रवासी नेपाली मन्चलाई चिन्ने प्रयास गर्नुहोस, यस संगठनले गरेका कार्यहरू हेर्नुहोस, हजुरहरूको छाती गर्वले प्रफुल्ल बन्ने छ’ भन्नुभयो । आफ्नो मन्तव्यको अन्त्यमा प्रवासी नेपाली मन्चले नव प्रवेसीहरूलाई स्वागत गर्नुभएको थियो । यसै गरी नव प्रवेसीहरूको तर्फ बाट धनन्जय झा, रतन ठाकुर, मोहमद जमीर नदाफ, दाउद दफाली, कमलेश यादव, जगतलाल मण्डल, छोटा नादफले आ आफ्नो मन्तव्य मार्फत प्रवासी नेपाली मन्च कतार प्रतिको आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका विशेष अतिथि कमलमणि गुरागाईंले नव प्रवेशी हरूलाई सम्बोधन गर्दै ‘अहिलेको लागि देशलाई आवश्यक पार्टी नेकपा एमाले हो भन्ने अनुभूत गरी संगठन प्रवेश गर्ने सम्पूर्णलाई स्वागत गर्दछु’ भन्नुभयो । देशको विकासको कुरा आफ्नो मन्तव्यमा जोड्दै संगठनमा नव प्रवेशीहरूलाई योग्यता र क्षमता अनुसार सांगठनिक जिम्मेवारी दिइने भन्दै आफ्नो मन्तव्यको अन्त्यमा प्रवासी नेपाली मन्चको साङ्गठनिक वरियताको बारेमा प्रष्ट पार्नुभएको थियो ।

प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका नेता अरगरिया एक महिनादेखि नेपालबाट कतार आएर समग्र मधेशको विकासको निम्ति लाग्नु भएको जानकारी दिनुभयो । २०८४ को निर्वाचनमा नेकपा एमालेलाई देशको एक नम्बर संगठन बनाउने जिम्मा आज संगठन प्रवेश गर्ने नव प्रवेशीहरूको समेत रहेको छ भन्दै नव प्रवीशीहरूलाई योग्यता र क्षमता अनुसारको संगठनमा साङ्गठनक जिम्मेवारी दिइने बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds