जनकपुरधाम । धनुषामा शुक्रबारदेखि नै बिजुली अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि कटेको लाईन अझै सुचारु हुन सकेको छैनन् ।
धनुषाको यदुकूहा फिडरबाट सँचालन हुने लाईन शुक्रबारदेखि अवरुद्ध हुँदा यहाँको आकस्मिक सेवाहरु समेत प्रभावित बनेको छ । ३३ केभिएको लाईन राती १२ बजेसम्म मर्मत भएर सुचारु भएपनि यदुकूहा फिडरमा लाईन सँचालन हुन सकेको छैनन् ।
यदूकूहा फिडरमा ११ केभिएको लाईनमा सर्ट सर्किट र समस्या आएपछि अझै सुचारु हुन नसकेको नेपाल विद्युत प्राधिकरणका प्रादेशिक प्रमुख शम्भु कुसियैत यादवले जानकारी दिए ।
यदूकूहा बजार क्षेत्रमा लाईन सुचारु भएको जनाउँदै धनुषाको कमला नगरपालिका, विदेह नगरपालिका, सबैला नगरपालिका, जनकनन्दिनी गाउँपालिका लगायतका क्षेत्रहरुमा अझै लाईन सुचारु हुन सकेको छैनन् । केही बेरमा लाईन सुचारु हुने जनाइएको छ ।
लाईन सुचारु नभएपछि टेलिकमको नेटवर्क समेत काम गर्न छोडेको छ । यसले आकस्मिक सेवा प्रभावित भएको छ ।