नेकपा एमालेको धनुषा जिल्ला अध्यक्षमा भोला यादव, उपाध्यक्षमा तेजनारायण यादव निर्वाचित

जनकपुरधाम । नेकपा एमाले पार्टी धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् ।

बुधबारदेखि सुरु भएको ८ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि शुक्रबार सम्पन्न मतदान प्रक्रियाबाट भोला यादव जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् ।

बिज्ञापन

भोला यादव र लक्ष्मीनारायण यादवबीच चलेको कडा टक्करपछि भोला यादव २०२ मतान्तरले विजयी भएका हुन् । भोला यादवले ४०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी लक्ष्मीनारायण यादवले २०० मत प्राप्त गरेका छन ।

त्यसै गरि उपाध्यक्षमा तेजनारायण यादव विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी जयप्रकाश सुनतैत यादवले १६० मत प्राप्त गरेका छन ।

त्यसै गरि सचिवमा दिपनारायण ठाकुर विजयी भएका छन । उनले ३६५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरेका छन ।

त्यसै गरि उपसचिवमा सबिन बिक्रम थापा ३८० मत प्राप्त गरि विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्दी १९५ मत प्राप्त गरेको निर्वाचनत समितिले जनाएको छ । त्यसैगरि महिला उपसचिवमा रुका मिश्र ३९१ मत प्राप्त गरि विजयी भएका छन उनका निकटमत प्रतिद्वन्दी किरण कापरले १८४ मत प्राप्त गरेका छन ।