2024-04-20

Close

काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं सांसद महेश बस्नेतले सरकारले देश र जनताको मुटुको रुपमा काम गर्न नसकेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बजेटमाथि जारी छलफलमा बोल्दै सांसद बस्नेतले उद्योगी व्यापारी र व्यवसायीहरु अहिले निराश भएको बताए । उनले अर्थतन्त्र अलसर र ग्याष्ट्रिक मात्र नभइ क्यान्सर हुने अवस्थामा पुगेको बताउँदै बैंकहरु टाट पल्टिने अवस्थामा पुगेको बताए । उनले भने, ‘विद्यालयहरु पाठ्यपुस्तक नभएर बन्द हुने अवस्थामा छन्, किसानहरु मलको अभावमा आउँदो बर्ष खेती गर्ने कि नगर्ने भनी सोच्न थालेका छन् । डिग्री हासिल गरेका विद्यार्थीहरु म्यादी प्रहरीमा जागिर खान बाध्य भएका छन् । अछान, वर्दिया जस्ता ठाउँमा जनताहरु आफ्ना अधिकारका लागि आन्दोलन गरिरहेका छन् भने सरकारले गोली प्रहार गरिरहेको छ ।’

सांसद बस्नेतले अहिले दिनप्रतिदिन महिला हिंसा बढिरहँदा गृहमन्त्रालय बेखबर रहेको बताए । उनले पेट्रोलियम पदार्थको मूल्यबृद्धि १५ पटक भन्दा बढी पटक बढेको बताउँदै अहिलेसम्मकै सबैभन्दा बढी मूल्यबृद्धि भएको बताए ।
काठमाण्डौमा फोहरको थुप्रिदै गर्दा पनि सरकारले यसको उचित सम्बोधन गर्न नसकेको भन्दै सांसद बस्नेतले विगतमा विद्यासुन्दरलाई गाली गर्नेहरुले पनि विगत ५ बर्षसम्म फोहर व्यवस्थापन गरेका रहेछन् भनेर प्रशंसा गर्न थालेको बताए । उनले बञ्चरे डाँडाका जनताले आन्दोलन गरिरहँदा सरकार फोहर मैलाको व्यवस्थापन गर्नुको साटो उनीहरुमाथि लाठी चार्ज गरिरहेको बताए ।

विनियोजन विधेयकमाथि संसदमा छलफल चलिरहँदा सरकारका मन्त्रीहरु व्यस्त भएको बताउँदै सांसद बस्नेतले सम्बन्धित मन्त्रीहरु आफ्नो पद कसरी जोगाउने भन्ने चिन्तामा रहेको बताए । उनले भने, ‘उहाँहरुको व्यस्तता सरकार टिकाउने कुरामा छ, उहाँहरुको व्यस्तता गठबन्धन जोगाउने कुरामा छ, उहाँहरुको व्यस्तता प्रमुख प्रतिपक्षलाई कमजोर बनाउने कुरामा छ । मन्त्रीहरु अहिले नेता र प्रधानमन्त्रीको घरतिर हुनुहोला, किनभने भइरहेका मन्त्रीलाई पद जोगाउनु परेको छ । मन्त्रीको लाइनमा बस्नुभएका सांसदहरुलाई नयाँ मन्त्री चाहिएको छ । यहाँ हामीहरु विनियोजन विधेयकमाथिको महत्वपूर्ण छलफलमा छौं तर यहाँ सरकारका मन्त्रीहरु हामीले देखिरहेका छैनौं ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds