2024-04-20

Close

विपिन कुमार यादव,जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा लक्ष्मी मन्दिर निर्माण हुने भएको छ । धनुषा क्षेत्र २ बाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरियाको सांसदीय कोषबाट मन्दिर निर्माण हुने भएको हो ।

आईतवार साँसद अरगरियाले एक कार्यक्रमबीच कमला नगरपालिका ६ सखुवामा मन्दिर निर्माणको शिलान्यास नगर प्रमुख राम उदगार गोईत उप प्रमुख शिला देवी मण्डलको संयुक्त सहयोगमा गरेका छन् । त्यस अवसरमा बोल्दै सांसद अरगरियाले यस क्षेत्रको विकासका लागि आफू सँधै तत्पर रहने बताए ।


सखुवामा लक्ष्मी मन्दिर निर्माण नहुँदा स्थानीय वासीलाई पुजापाठ एवं धार्मिक कार्यक्रम गर्न समस्या हुन गरेको मध्यनजर गर्दै मन्दिर निर्माण गरिने उनले बताए । सांसद अरगरियाको सांसदीय कोष स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमबाट १० लाख रुपैयाँको लागतमा यो मन्दिर निर्माण हुनेछ ।

मन्दिर बन्ने भएपछि स्थानीयहरु हर्षित भएका छन् । स्थानीय राजेश महतोले मन्दिर बनेपछि आफूहरुलाई पुजापाठ र धार्मिक कार्यक्रम गर्न सजिलो हुने बताए । शिलान्यास कार्यक्रममा स्थानीय नेताहरु जसपा कमला नगर अध्यक्ष मनिक लाल मण्डल , लक्ष्मेश्वर यादव , छठु मण्डल , त्रिलोक महतो , महेश्वर यादव , वडा अध्यक्ष चुमक्का भन्ने मो.सम्सुल लगायतका नेताकार्यकर्ता हरुको उपस्थितिमात्र शिलान्यास कार्यक्रम सम्पन्न गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds