2025-07-01

Close

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा पर्याप्त मात्रामा वर्षा नभएका कारणले यस पटक धानको रोपाई थोरै मात्रामा हुन सकेपछि किसानहरु चिन्तित बनेका छन् ।

असारको १५ बित्न लाग्दा पनि यस पटक वर्षा नभएपछि किसानहरुले धानको रोपाई गर्न नपाएको गुनासो गर्नु भएको हो । अहिलेसम्म मधेश प्रदेशका जिल्लाहरूमा १० प्रतिशतले मात्र धानको रोपाई भएको मधेश प्रदेशका कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले जानकारी दिए ।

सबैभन्दा बढी धानको रोपाई बारा जिल्लामा भएको छ । बारामा १५ प्रतिशतले रोपाई भएको छ भने सबै भन्दा कम सिरहा तथा सप्तरी जिल्लामा ५ प्रतिशतले भएको कृषि विकास निर्देशनालयका निर्देशक यादवले जानकारी दिए ।

मधेश प्रदेशका ८ जिल्लामा ३ लाख ५३ हजार ४ सय ४१ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । अहिले पनि धेरै किसानहरु आकाशे खेतीमा निर्भर भएका कारणले असारको १५ वित्दा पनि धानको रोपाई निक्कै थोरै मात्रामा गर्न सकेको छ ।

मधेश प्रदेशका मूल खाद्यान्न बालीको रुपमा रहेको धानको उत्पादन बढाउनका लागि खेलमा सिँचाई, किसानको हातमा उन्नत बीउ तथा मल भएको खण्डमा मनग्य उत्पादन गर्न सकिने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जानकारी दिए ।

धान उत्पादनका लागि तीन महिनासम्म किसानको खेतमा सिँचाई सुविधा पुगेको खण्डमा धानको उत्पादनमा कुनै सकस नहुने जनकपुरधामको वडा नंं ८ बाल्मिकीनगरका किसान रामदेव यादवले जानकारी दिए ।

मधेश प्रदेशका जिल्लाहरूमा सबै भन्दा बढी क्षेत्रफलमा धान धनुषा जिल्लामा हुने गरेको छ । धनुषा जिल्लामा ५४ हजार ८ सय ८० हेक्टर, सप्तरीमा ५० हजार २ सय २५ हेक्टरमा धानको रोपाई हुने गरेको छ । सबै भन्दा कम महोत्तरी जिल्लामा हुने गरेको छ । महोत्तरीमा ३३ हजार ६ सय ९६ हेक्टरमा धानको रोपाई हुने गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर