2024-04-25

Close

जनकपुरधामजनकपुर- जयनगर रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले गुपचुप बिना प्रक्रिया पुरा गरी कर्मचारी नियुक्त गरेपछि विरोध सुरु भएको छ ।

तत्कालिन महाप्रबन्धक गुरु भट्टराईले १५१ कर्मचारी ज्यालादारीमा नियुक्त गरेर तालिम समेत दिइसकेको थियो । तर ति कर्मचारीलाई वर्तमान महाप्रबन्धक झाले हटाएका थिए । अहिले आफैं बिना प्रक्रिया कर्मचारी नियुक्त गरेपछि हटाइएका कर्मचारीहरु विरोध गरेका छन् ।

स्रोतका अनुसार महाप्रबन्धक झाले कुनै प्रक्रिया पुरा नगरी विभिन्न पदमा ६० जना कर्मचारी नियुक्त गरेर आजबाट मतस्य तालिम केन्द्र जनकपुरमा तालिम दिन सुरु गरेका छन् । यो कुरा थाहा पाएपछि हटाइएका कर्मचारीहरु त्यहाँ पुगेर विरोध गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले महाप्रबन्धक झाको राजीनामा मागेका छन् ।

प्रदर्शनमा सहभागी इन्द्रजीत गोइतले आफूहरुलाई सूचना टाँसेर विगतमा हटाए तर अहिले महाप्रबन्धक झाले कुनै प्रक्रिया पुरा नगरी आफ्ना आसपासे र कार्यकर्तालाई कर्मचारी नियुक्त गरेपछि आन्दोलन गर्नुपरेको बताए । उनले बिना प्रक्रिया नियुक्त गरेका कर्मचारीलाई तालिम सञ्चालन गर्न नदिने चेतावनी समेत दिए ।

वर्तमान शेरबहादुर देउवा सरकारले माधव नेपालको कोटामा परेका रेल्वे कम्पनीको महाप्रबन्धकमा झालाई नियुक्त गरेको छ । झा नियुक्त भएलगत्तै रेल सञ्चालनको टुंगो नलागगेकै अवस्थामा कर्मचारी नियुक्त गरेको भन्दै १५१ कर्मचारीलाई हटाका थिए । तर अहिले आफैं गलत ढंगले कर्मचारी नियुक्त गरेपछि विवादमा तानिएका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds