2024-03-29

Close

पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काग्रेसका उम्मेदवारहरु मतदातासंगको घरदैलोमा व्यस्त देखिएका छन् । दिनहु चुनावी घरदैलो गर्दै आएका काग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार शयाम पटेलले विहानैदेखि मतदाताको घरदैलोमा पुगेर आफनो पक्षमा मत माग्ने गरेका छन् ।
त्यसै गरि पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लर्को लागेको छ ।पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ४ मा शुक्रबार बिहान जसपाका प्रभावशाली नेता कार्यकर्ता सहित करिब ३ सय जना काँग्रेसमा प्रवेश गरेका थिए ।
शुक्रबार नै बहुदरमाई नगरपालिकाकै वडा नम्बर ६ गम्हरीयामा पनि नेकपा एमालेका दुइ दर्ज भन्दा बढि नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् ।शुक्रबार बिहान गम्हरीयामा चुनावी घरदैलोका क्रममा काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेल पुगेका बेला एमालेका नेता लालबिहारी साह,जमुना साह,रामायण साह,रमेश साह,सुरेस साह,जगदीश साह लगायतका नेता कार्यकर्ताहरु एमाले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।
गृहिणी महिला वृद्धवृद्धा र युवाहरुले दर्शाएको आत्मीयता र समर्थनले आफूहरु निकै उत्साहित बनेको प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय चौरसियाले संचार कर्मी लाई प्रतिक्रिया दिए । मतदाताको माझबाटै उनले भने `आज जनताले गरिरहेको यो समर्थन विगतमा मैले यस क्षेत्रमा कामको मूल्यांकन नै हो, अबका दिन अझ जनतामा समर्पित भएर काम गर्ने अठोट लिएको छु जनताको भरोसा कदापि टुट्न दिन्न ।यक्ष क्षेत्रमा मैले गरेको कामको मुल्यांकन गरि जनताले आफ्नो पक्ष मत दिने बिश्वसत रहेको बताउनुभयो ।
उनीले जसपाले राजनीतिक गर्ने व्यक्तिलाई टिकट नदिई पैसाको बलमा गैर राजनीतिक व्यक्तिलाई टिकट दिएको कारणले सो क्षेत्र बासिहरुलाई एमाले र जसपा गठबन्धनको उम्मेदवारलाई भोट नदिई राजनीतिक गर्ने व्यक्तिलाई भोट दिएर जिताउने बताए।
नेता चौरसीयालाई स्थानीयले अबीरको टिका र माला लगाउदै जितको आशीर्वाद नै दिएका छन् । बहुदरमाई नगरपालिका बहुअरीको चुनावी घरदैलोका क्रममा खासगरी गृहिणी महिलाहरुले स्वस्फूर्त रूपमा घरघरबाट निस्किएर दुबै उम्मेदवारलाई अबीरको टिका र फुलको माला लगाउदै जितको आशिर्वाद दिएको काग्रेसका युवा नेता चन्दन सहनीले बताए ।
यस्तै प्रदेशसभा सदस्य उम्मेदवार शयाम पटेलले पनि जनताबाट पाइरहेको स्वागत र समर्थनले जिम्मेवारी झन बढेको महसुस गरिरहेको प्रतिक्रिया दिए । उनले भने जनता अब धेरै सचेत भइसकेका छन् जनताको अबको रोजाइ भाषण गर्ने होइन काम गर्ने नेता नै हुन्छन् ।मैले एस क्षेत्रमा कुनै पदमा नबसेर पनि गरेको कामलाई मुल्यांकन गरि यहाँको जनताले हामिले नै जिताउने बताउनुभयो ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds