सिडेन मधेश प्रदेशको अध्यक्षमा ई. भिनवार र सहसचिवमा ई. यादव चयन

विपिन यादव 
जनकपुरधाम । सेन्टर फर डेमोक्रेटिक इन्जिनिर्यस नेपाल (सिडेन) मधेश प्रदेशको अध्यक्षमा ई. राजकिशोर भिनवार र सहसचिवमा ई. दिपक यादव सर्वसहमत चयन भएकाे छ ।

मधेश प्रदेशका विभिन्न क्षेत्रमा कार्यरत ईन्जिनियरहरुकाे भेलाले शनिबार ९ सदस्यीय समिति चयन गरेकाे हाे ।

बिज्ञापन

उक्त कार्यसमितिकाे अध्यक्षमा ई. राजकिशोर भिनवार, उपाध्यक्षमा ई. धनकिशोर साह, उपाध्यक्षमा ई. प्रकाश राय, सचिव ई. उमेश दास, काेषाध्यक्षमा ई. पशुराम यादव रहेका छन् ।

सिडेनले ईन्जिनियरहरुकाे पेशागत हकहितका तथा ईन्जिनियरिङ पेशालाई मर्यादित त व्यवस्थित बनाउने काम गर्ने सहसचिव ई. यादवले बताए ।