
जनकपुरधाम । आन्दोलनरत तीन जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत पिडारी चोकमा जाम खुलेका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
धनुषाका डिएसपी गणेश बहादुर बमका अनुसार सडक जाम हटाउन खोज्दा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरी टोलीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । केही स्वास्थ्यकर्मी अहिले पनि सडक किनारमा उभिएर प्रदर्शन गरिरहेका छन् ।
बिज्ञापन




स्वास्थ्यकर्मीहरुले बिहानैदेखि सडक अवरुद्ध गर्दै आन्दोलन गरिरहेका थिए । साँझपख सडकमा लामो सवारी जाम भएपछि प्रहरीले बल प्रयोग गरी भीड तितरबितर गरेको र सडक अवरुद्ध हटाइएको बताइएको छ ।

