2024-04-24

Close

हैदरावाद, भारतको हैदरावादमा शुक्रबार बिहानै बलात्कार आरोपमा हिरासतमा रहेका चार जना आरोपीहरुको इन्काउन्टरमा मृत्यु भएको छ।

२७ नोभेम्बरमा एक भेटनरी डाक्टरको बलात्कार गरी चार युवकले शरीर जलाइदिएका थिए। प्रहरीले घटनालगत्तै चार आरोपीलाई पक्राउ गरेको थियो। अदालतले उनीहरूलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो।

बलात्कारपछि शरीर जलाएर फालिएको घटना सार्वजनिक भएपछि भारतभर विरोध भइरहेको छ।

प्रहरीले आरोपीहरुलाई क्राइम सिन रिक्रिएट गर्नका लागि घटना भएको स्थानमा लगेको थियो। सो क्रममा आरोपीहरुले  भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो।

घर फर्किरहेकी डाक्टर स्कुटर पन्चर भएपछि एउटा टोल प्लाजामा बसिरहेकी थिइन्। त्यही बेला पेसाले ट्रक ड्राइभर र क्लिनर रहेका आरोपीहरुले सामूहिक बलात्कार गरी शरीर जलाइदिएका थिए। आरोपीहरु २० देखि २६ वर्ष उमेरका थिए।

आरोपीहरु इन्काउन्टरमा मारिएको खबर सार्वजनिक भएसँगै भारतभर सकारात्मक प्रतिक्रिया आइरहेका छन्। हैदरावादमा मानिसहरूले सामूहिक रूपमा जम्मा भएर इन्काउन्टरको स्वागत गरेका छन्। नेताहरूले बलात्कारीसँग यस्तै हुनुपर्ने प्रतिक्रिया दिइरहेका छन्।

भारतीय काँग्रेसकी नेतृ खुश्बु सुन्दरले इन्काउन्टरको स्वागत गर्दै छोरीमाथि दूर्व्यवहार गर्नेहरुलाई आफू मार्न तयार रहेको प्रतिक्रिया दिएकी छिन्।

यस्तै भारतीय जनता पार्टीका नेता कपिल मिश्रले बलात्कारीहरूले पाएको सजायलाई उचित भनेका छन्। इन्काउन्टर पछि प्रतिक्रिया दिँदै डाक्टरका बाबुले भने ‘छोरीको आत्माले शान्ति पायो।’

दिल्लीमा भएको निर्भया बलात्कारका आरोपीहरुलाई फाँसी नदिइएकोमा आक्रोशित जमातले छोरीमाथि दुष्कर्म गर्नेहरूलाई मृत्युदण्डको माग गर्दै आइरहेका छन्। हैदरावाद इन्काउन्टरपछि निर्भयाकी आमा आशा देवीले इन्काउन्टरले देशभर सकारात्मक सन्देश गएको प्रतिक्रिया दिएकी छिन्। उनले आफ्नी छोरीको बलात्कारीलाई फाँसी दिन समेत माग गरेकी छिन्।

शुक्रबारमात्रै एक पीडित युवती अदालतमा बयान दिन जाँदा पीडकहरुले बाटोमा रोकेर जलाइदिएका थिए। बलात्कारविरुद्ध अदालतमा बयान दिन रेल स्टेसन पुग्न लागेको बेला बलात्कारका आरोपीसहित केही युवकले २० वर्षीय महिलालाई नियन्त्रणमा लिएर जलाइदिएका थिए। गत डिसेम्बरमा ती महिलाको सामूहिक बलात्कार गरेको आरोपमा पाँचजनाविरुद्ध उजुरी परेको थियो। युवतीलाई जलाइएसँगै प्रहरीले आरोपी सबैलाई पक्राउ गरेको थियो। डाक्टरको बलात्कारको घटनाले  भारतभर प्रदर्शन भइरहेको अवस्थामा उत्तर प्रदेशमा भएको यस घटनापछि प्रहरीले निकै ठूलो दबाब सामना गर्नुपरेको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds