८ ग्राम ब्राउन सुगरसहित ठाढिबाट एक युवा पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले ८ ग्राम २७० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित एक जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका-७ किसानपुर बस्‍ने लक्ष्मण महराको छोरा २५ वर्षीय सिकेन्द्र महरा रहेका छन् ।

बिज्ञापन

उनलाई आइतबार दिउँसो प्रहरी चौकी ठाढिबाट खटिएको प्रहरी टोलिले विदेह नगरपालिका-१ वडा कार्यालय अगाडिबाट पक्राउ गरेको हो ।

ठाढि प्रहरीले सिकेन्द्र महराको साथबाट लागुऔषध ब्राउन सुगर, १ थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका महरामाथि थपअनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।