त्रिपाठी समूहका प्रभावशाली नेता मिश्र एमाले प्रवेश

नेपालगन्ज । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहका प्रभावशाली नेता पशुपति दयाल मिश्र नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बुधबार नेपालगन्जमा आयोजितमा पार्टी प्रवेश कार्यक्रममा मिश्रसहित हजारौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । बाँकेका तीन हजार बढी एमालेमा प्रवेश गरेको बताइएको छ ।

बिज्ञापन

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हजारौं नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशैभर एमालेप्रति जनताको लहर बढ्दै गएको बताएका छन् । उनले भने, ‘देशैभर एमालेमा आउनेको लहर चलेको छ ।’

ओलीले बाँके जिल्ला नेकपा एमालेको किल्लामा परिणत भएकोसमेत बताए ।