2024-04-20

Close

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारणी समितिको बैठकले पर्सा जिल्लाका सांसद प्रदीप यादवलाई केन्द्रीय समितिबाट हटाउने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले अनुशासन समितिबाट भएको कारवाहीलाई संशोधन सहित पास गरेको छ । अनुशासन समितिले यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस गरेको थियो । यादवले सरकारमा जान नपाउंदा पार्टी अध्यक्ष उपेन्द्र यादवको विरोधमा वीरगञ्जदेखि काठमाण्डु सम्म विरोध जुलुस गरेका थिए ।

त्यसकारण यादवलाई पार्टीले स्पष्टिकरण सोधेको थियो । यादवले जवाफ दिएपनि अनुशासन समिति सन्तुष्ट हुन सकेको थिएन् । यादवलाई केन्द्रीय समितिबाट हटाएर साधारण सदस्यमा झार्ने निर्णय भएसंगै उनको सांसद पद जोगिएको छ । यादव पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधिसभामा निर्वाचित छन् । यादवलाई केन्द्रीय समितिबाट हटाएर उनका विरोधी मानिएका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

सरावगीलाई यसअघि प्रदेश कमिटीको कोषाध्यक्षवाट हटाइएको थियो । सरावगी पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । बैठकले सांसद सूर्यनारायण यादव, चन्देश्वर सदा समेत पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय कार्यकारणी समितिमा १६ जनालाई थप गर्ने निर्णय गरे पनि मंसिर मसान्तभित्र उनीहरुको नाम चयन गरिने बैठकमा सहमति गरिएको छ ।

त्यसैगरी पदाधिकारी चयनकोलागि पनि मंसिर मसान्त सम्मको समायावधि दिइएको छ । मंसिरको अन्तमा बस्ने केन्द्रीय कार्यकारणी समितिको बैठकले यस सम्बन्धमा निर्णय गर्ने बैठकका एक जना सहभागी सदस्यले जनाए । बैठकमा अध्यक्ष उपेन्द्र यादवले सांसद यादवमाथि कारवाही गर्नु आवश्यक भएपनि लचकता देखाइएको प्रष्ट गर्दै आफूसंगै उनलाई राख्ने बताए ।

‘मेरो मञ्चमा बम राख्नेलाई पार्टीमा प्रवेश गराएको छु’ उनले भने– ‘सांसद यादव मेरो अत्यन्त मनपर्ने कार्यकर्ता हुन् ।’ बैठकमा महेन्द्र यादवले भने प्रदेश २ का उद्योग पर्यटन तथा वन मन्त्री राम नरेश यादवलाई पदमुक्त गर्ने प्रक्रिया उपयुक्त नभएको बताए । बैठकका एक जना सहभागी सांसदका अनुसार नेता यादव मन्त्री रायको हटाउने प्रक्रियाबाट असन्तुष्ट देखिएका थिए ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds