उमाशंकर अरगरिया धनुषा–२ बाट एकल उम्मेदवार सिफारिस

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस गरेको छ ।
नेकपा एमालेका केन्द्रीय एवं पूर्वमन्त्री उमाशंकर अरगरियालाई धनुषा–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । नेकपा एमाले क्षेत्रीय समितिले शुक्रबार धनुषाको क्षेत्र नं. २ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।
गृह जिल्ला धनुषा–२ बाट यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अरगरिया धनुषा–२ बाट निर्वाचित भएका थिए । यसपटक अरगरियाको धनुषा क्षेत्र नम्बर २ बाटै एकल नाम सिफारिस भएको छ । क्षेत्रीय संयोजक जामुन रानले जनकारी दिए ।                   

बिज्ञापन