2021-03-01

Close

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली पूर्व सांसद स्वर्गिय हेमनारायण यादवको १७ औं स्मृति दिवस मनाउन आउन लागेका कारण सिरहा सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सिरहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयदेखि हेमनारायण चोकसम्म सडक खाली गरेको छ । पैदल यात्रुलाई समेत आवत जावत गर्न दिएको छैन ।

प्रधानमन्त्री ओली आएलगत्तै स्वर्गिय यादवको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । शालिक अगाडी प्रधानमन्त्री ओलीको स्वागतका लागि रातो कार्पेटओछ्याएको छ ।

स्वर्गिय यादवको शालिकमा माल्यार्पणपछि प्रधानमन्त्री ओली सिरहा क्याम्पसमा आयोजित सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2021 अपन जनकपुर