ठाढीबाट ब्राउन सुगरसहित एक भारतीय युवक पक्राउ

जनकपुरधाम । धनुषाको ठाढी प्रहरी चौकीबाट खटेका प्रहरीले एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

आज साँझ करिब ६ः०० बजेको समयमा ईलाका प्रहरी कार्यालय खजुरी मातहतको प्रहरी चौकी ठाढीबाट खटेको प्रहरीले चेकजाँचको क्रममा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको हो ।

बिज्ञापन

भारतबाट नेपाल तर्फ आईरहेको बेला प्रहरी चौकी ठाढीस्थित चेकजाँचको क्रममा BR 32 AA 5992 नम्बरको गाडीमा सवार भारत बिहारको मधुवनी जिल्ला बुलदिहा बस्ने लालबाबु ठाकुरका छोरा बर्ष २८ को गौत्तम कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । मोसा चेकजाँचको क्रममा उनले लुकाईछिपाई राखेको ५३ ग्राम बढी लागुऔषध ब्राउन सुगर उनको साथबाट बरामद भएको हो ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा अभियुक्तको झोलाबाट ब्राउन सुगर जस्तो देखिने लागूऔषध २ प्याकेट बरामद गरिएको छ । तौल गर्दा उक्त लागूऔषधको परिमाण प्लास्टिकसहित ५३.३३० ग्राम रहेको छ । साथै, नेट तौल ४९.८१० ग्राम तौल भएको प्रहरीले जनाएको छ ।

घटनासम्बन्धी थपअनुसन्धानका लागि अभियुक्तलाई नियन्त्रणमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।