औरही गाउँपालिकामा अरगरियाको जनतादर्शन, परिवर्तनको पक्षमा जनताको बलियो समर्थन

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत औरही गाउँपालिका वडा नं. ३ र ४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमाशंकर अरगरियाको जनतादर्शन तथा जनआशीर्वाद कार्यक्रम भावनात्मक र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ ।

घर–घरमा पुगेर मतदातासँग भेटघाट गर्ने क्रममा ज्येष्ठ नागरिकहरूको आशीर्वाद, दाजुभाइ–दिदीबहिनीको साथ, युवापुस्ताको उत्साह र वृद्धवृद्धाको विश्वासले परिवर्तनको अपेक्षा झनै प्रस्ट देखिएको स्थानीयले बताएका छन् । कार्यक्रमका क्रममा उम्मेदवार अरगरियाले जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास, सम्मानजनक जीवन र अवसरको समान पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बिज्ञापन

वडा नं. ४ को मुसहर बस्तीमा बालबालिकासँग बिताएको समय विशेष रूपमा मार्मिक बनेको थियो । अभावका बीच पनि उज्यालो भविष्यप्रतिको उनीहरूको आशा र विश्वासले सामाजिक रूपान्तरणको आवश्यकता झल्काएको सहभागीहरूले बताए ।

उक्त अवसरमा अरगरियाले “बालबालिकाको भविष्य सुरक्षित नभएसम्म हाम्रो प्रयास रोकिने छैन” भन्दै शिक्षा, आधारभूत सुविधा र सम्मानजनक जीवनका लागि निरन्तर काम गर्ने दृढता व्यक्त गरे ।

कार्यक्रमलाई स्थानीयले चुनावी प्रतिस्पर्धाभन्दा पनि अधिकार, सम्मान र उज्यालो भविष्यका लागि उठेको साझा आवाजका रूपमा लिएको बताएका छन् । जनसमर्थन र शुभेच्छाले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास समर्थकहरूले व्यक्त गरेका छन् ।