इन्स्पेकटर पौडेलको सक्रियतामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ, २९ हजार ५०० रुपैयाँ बरामद

बिरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ बाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा छापा मारेर जुवातास खेलिरहेका ७ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूको साथबाट नगद २९ हजार ५०० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ । जुवातास जस्ता अवैध गतिविधिले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले यस्ता कार्यविरुद्ध प्रहरीको निगरानी र कारबाही निरन्तर जारी रहने बताइएको छ ।

यस सम्बन्धमा प्रहरी निरीक्षक प्रदीप पौडेलले भन्नुभयो, “समाजमा शान्ति, सुरक्षा र कानुनी शासन कायम राख्न अवैध गतिविधिविरुद्ध प्रहरी सदैव सक्रिय छ। नागरिकबाट प्राप्त सूचना र सहयोगकै आधारमा यस्तो कारबाही सम्भव भएको हो । आगामी दिनमा पनि जुवातास, लागूऔषध तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध अभियानलाई थप प्रभावकारी बनाइनेछ । नागरिकहरूलाई यस्ता गतिविधिबारे जानकारी भएमा प्रहरीलाई सूचना दिन आग्रह गर्दछु ।”

प्रहरीले जिल्लाभर अवैध गतिविधि नियन्त्रणका लागि निगरानी बढाएको जनाएको छ ।