2024-04-30

Close

शिवशक्ति मावि बटेश्वरका ९५ छात्रालाई साईकल
समाजिक रुपान्तरणका लागि नारी सशक्तिकरण आवश्यक ः मुख्यमन्त्री राउत

जनकपुरधाम, भदौ ५ । मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरणको लागि नारी सशक्तिकरण आवश्यक रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत धनुषाको बटेश्वर गाउ पालिका स्थित शिवशक्ति नमूना माबि बटेश्वरमा आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मुल आधार नारी सशक्तिकरण रहेको उल्लेख गर्नु भयो ।

उहाँले भन्नु भयो ,‘ प्रदेशको समृद्धिको लागि समाजिक रुपान्तरण र समाजिक रुपान्तरणको लागि नारी सशक्तिकरण आवश्यक रहेकाले नै प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरी शिक्षा विमा, साइकल वितरण जस्ता कार्यक्रमहरु अघि सारेको छ । ’
प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ग्यारेन्टी समेत गरेको उहाँको कथन थियो ।

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य सत्रुधन महतो, समाजवादी पार्टीका नेता महाजन यादव, बटेश्वर गा.पा.का अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री सहितका वक्ताहरुले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उक्त विद्यालयका कक्षा ८मा अध्ययनरत ९५ जना छात्राहरुलाई मुख्यमन्त्री राउतले साइकल हस्तान्तरण गर्नु भएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds