2024-04-20

Close

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सोमबार जनकपुरधाममा लोसपाद्वारा जनकपुरधाममा आयोजित चुनावी महासभामा बोल्दै अध्यक्ष ठाकुरले आफुहरुले नागरिकताको समस्या नगदमा समाधान गर्न भन्दा उनीहरुले नमानेको जिकिर गरे ।

उनले भने, ‘अस्ति नेताहरु यहाँ आएर अब संसद सुरु भएपछि नागरिकताको समस्या समाधान हुने बताएको सुने । हामीले उनीहरुलाई नै भनेको थिए । उनीहरुले लिखित रुपमा सम्झौता गर्न भनेका थिए तर हामीले भन्यौँ, हैन् तपाईहरु अहिले सरकारमा हुनुहुन्छ । नगदमै समस्या समाधान गर्नुस् । आज तपाईं सरकारमा हुनुहुन्छ लिखितमा सम्झौता गर्नुहुन्छ भोली सत्ता परिवर्तन हुन् सक्छ ।’

उनले नागरिकताको अभावमा डाक्टर, इन्जिनियरहरुपनि बेरोजगार अवस्थामा रहेको बताए ।

अध्यक्ष ठाकुरले अहिलेपनि आफुहरु संघर्षमै रहेको भन्दै भने, ‘यिनीहरु धेरै कुरा गर्छन तर केही गर्दैनन् । तिनीहरुले गोली चलाउँदा हजारौं जना मारिए । हामी शान्तिपूर्ण आन्दोलन गर्यौं । तर तिनीहरु प्रधानमन्त्री बने र हाम्रै मान्छे अहिलेपनि थुनामा छन् । मुद्दा खेपिरहेका छन् । यो विभेदपूर्ण नीति हो ।’

ठाकुरले यिनीहरुसँग पहिला पनि सम्झौता भएको तर पुरा नभएको भन्दै भने, ‘उहाँहरुसँग पहिला पनि सम्झौता भएको थियो जतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो तर केही भएन् । बरु केपी ओली जी सँग हाम्रो सम्झौता भएको थिएन् । उहाँले सम्झौता गर्नका लागि भन्नुभएको थियो तर हामीले गरेन् । भन्यौ बरु गरेर देखाउनुस् र उनले मुद्दा फिर्ता पनि लिए । नागरिकताको समस्या समाधान गर्नका लागि अध्यादेशपनि ल्याए तर सर्वोच्चले त्यसलाई पनि रोक्यो ।’

ठाकुरले देशमा तीन तहको सरकार रहेपनि सबै अधिकार संघमै रहेकोले स्थानीय तहमा आएका कर्मचारीहरुलाई बिदा लिनका लागि समेत स्थानीय सरकारको आदेश लिनु नपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा बोल्दै लोसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले जनतालाई सहज तथा सुलभ ढंगले जनताको सेवा गर्न सक्ने सेवक र मधेशीको अधिकार स्थापित गर्न छातीमा गोली खान सक्ने क्षमता भएका योद्धा जनप्रतिनिधि चाहिएको बताए ।

त्यसका लागि जनकपुरधाम सहित मधेशका स्थानीय तहहरुमा मधेशीहरुको हकअधिकारका लागि लड्न सक्ने एकमात्र लोसपा नेपालका उम्मेदवार रहेको उनले दाबी गरेका हुन् ।

महतोले भने, ‘हामीमाथि गोली ठोकेर दर्जनौं मधेशीलाई शहीद बनाई यो अपुर्ण संविधान ल्याइएको हो । संविधानमा मधेशीको अधिकार स्थापित गराउन अहिलेपनि हाम्रो आन्दोलन जारी छ, ती आन्दोलनलाई निष्कर्षमा पुर्याएर अधिकार सम्पन्न बनाउन गोली खान सक्ने क्षमता लोसपा नेपालका उम्मेदवारमा मात्रै छ ।’

गठबन्धनप्रति कटाक्ष गर्दै नेता महतोले भने, ‘मधेशीसँग एक्लै हिम्मत नभएको कारण कांग्रेसले माओवादी, एकीकृत समाजवादी र कथित मधेशी पार्टी जसपासँग मिलेर गठबन्धन बनाएको छ । तर ती गठबन्धनको कति हैसियत छ भन्ने कुरा आउँदो निर्वाचनमा मधेशी जनताले हेराई दिन्छन् ।’

कार्यक्रममा पार्टीका वरिष्ठ नेता शरत सिंह भण्डारीले लोसपाको साइकललाई पम्चर भन्ने कांग्रेसका नेताहरुको दिमाग नै पम्चर रहेको कटाक्ष गरे ।

भण्डारीले भने, ‘जसलाई आफ्नो खुट्टामा उभ्न सक्ने क्षमता छैन् उसले हामीलाई पम्चर भनिरहेका छन, हामी पम्चर छैनौ, ती कांग्रेसीको दिमाग नै पम्चर छ ।’

उनले कांग्रेसीहरु माओवादी र एकीकृत समाजवादीको कांधमा बसेर कथित मधेशिया दल जसपाको धक्काले चलिरहेको आरोपसमेत लगाए ।

उनले भने, ‘आफ्नो खुट्टामा हिंडन नसक्ने पार्टीले अरुलाई पम्चर भन्नु हस्यापदबाहेक केही होइन् ।’
नेता भण्डारीले कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई अवसरबाट वञ्चित गराएर अरुको सहारा लिन गठबन्धन बनाएको जिकिरसमेत गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds