2024-04-30

Close

सोनामाई मन्दिरमा लाग्ने भूत मेला सुरु

 

विपिन कुमार यादव ,

जनकपुरधाम असोज १२ गते , प्रदेश २ अन्तरगत पर्ने महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर-७ स्थित सोनामाई मन्दिरमा लाग्ने भूत मेला सुरु भएको छ ।

 

महोत्तरीको औरही नगरपालिकाको वडा नम्बर ७ मा अवस्थित श्री सोनामाई मन्दिर पूर्व कालदेखिनै भूतमेलाको लागि प्रख्यात रहेको छ । प्रतेक वर्ष वडादशैको सप्तमीदेखि दशमी सम्म भूतमेला सोनामाइ मन्दिरमा यसवर्ष बुधबारबाट सुरु भएको सहायक पुजारी अरुण कुमार झा बताएका छ । हिन्दुहरुको माहान चार्डपर्व दशैंको सप्तमी देखि बिजयादशमीको दिन सम्म चल्ने यस भूतमेलामा हजारौ पीडित र दर्शनार्थीहरुको भिड लाग्ने गर्दछन ।

 

सोनामाई स्थान नामबाट प्रख्यात रहेको उक्त मेलामा एक दिनमा करीब हजारोको संख्यामा बोकाको बलि चढाईन छन् भने केहि संख्या रागाको बलि समेत चढाईछन् । सोनामाई मन्दिरमा ३ सय ६५ दीन बोकाको बलि चढाईनछन् । सामान्य दिनको तुलनामा सप्तमी देखि बिजयादशमीको दिन सम्म बढी बलि सोनामाई स्थान चढाई छन् । भूत प्रेत, बोक्सी र दुष्ट आत्माले सताइएका हजारौ पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन भने सोनामाईको कृपाले यहाँबाट निको भएर जाने गरेका जन विश्वास रहेको हिंसार बरही मध्वनी इण्डियाबाट आएका महिला सबिता देवी महतोले बताए ।

 

वर्षौदेखि भुत , पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकै कसबाट सताईको बारे आफै भन्न थाल्छन् भने देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै , रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन् । र दरबारमा पुगेका पीडितहरु माताको दृष्टिपरेपछि निको भई आ आफ्ना घर र्फकने गरेको पुजारी केदार झाको भनाइ छ ।

सप्तमीदेखि बिजयादशमी सम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट लगायत भारतका बिभिन्न शहरसम्मका हजारौ महिला र पुरुष पुग्ने गरेको कुरा स्थानीयहरु बताउँछन् ।

घर घरमा भूतप्रेतले रातदिन दूःखी र पीडित भएका कारनी पीडितहरु आआफ्ना घरबाट यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट हाँस्दै जाने झाँक्रीहरुको दावी छ । सोनामाई शक्तिपीठमा दर्जनौ धामी झाँक्रीहरु रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरुको पीडा हरण गर्ने गरेको पूजारी झाले बताए । माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने पौरानिक विश्वास जनमानसमा रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds