2024-03-28

Close

जनकपुरधाम,मंसिर १० गते। यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताउनुभयो ।

जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन भगवान् रामचन्द्र र माता जानकीको विवाह हुने तथा सोही विवाहसँगै १०८ जोडी वर कन्याको सामूहिक विवाह हुने कार्यक्रम रहेको प्रमुख साहले बताउनुभयो ।
उहाँले प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट भगवान् रामचन्द्रको विशेष जन्ती, साधुसन्त, महात्मा र भारत सरकारका विभिन्न अधिकारीसहितका व्यक्तित्वहरु जनकपुर आउने गरेकामा यसपल्ट पनि त्यहाँबाट विशेष जन्ती हिँडिसकेको बताइएको छ ।

प्रत्येक वर्ष विवाह पञ्चमीका अवसरमा भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम हुने गर्दछ भने सोही विवाहसँगै सर्वसाधारणहरुले पनि विवाह गर्ने गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds