2024-04-30

Close

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको ८ औं गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ ।

शुक्रबार भएको ८ औं गाउँसभाबाट गाउँपालिकाको लागि ४७ करोड बढी बजेट अनुमान गरिएको छ । शिक्षा , स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखी भौतिक पूर्वाधार निर्माणको अवधारणालाई मुख्य मुद्दाको रुपमा अगाडी सारिएको हो ।

गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवको सभापतित्व तथा उपाध्यक्ष कमला सहगलको विशेष आतिथ्यमा आर्थिक बर्ष २०७९÷०८० को बजेट सार्वजनिकीकरण गरिएको हो ।

आर्थिक वर्ष २०७९÷०८० को लागि कुल ४७ करोड २९ लाख ९६ हजार अनुमानित बजेट सार्वजनिकीकरण गरिएको हो । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ स्थित रहेको स्वास्थ्य चौकीको सभाहलमा युवा, विद्यार्थी, जेष्ठ नागरिक, कर्मचारी, भद्रभलादी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सँचारकर्मी, सुरक्षाकर्मीको उपस्थितिमा बजेट सार्वजनिकीकरण गरिएको हो ।

जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष अब्दुल मालिक अतिथिहरुलाई स्वागत गरेका थिए।

सो क्रममा गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले चालु आर्थिक वर्षको लागि बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

गाउँपालिका अध्यक्ष दिपिन देव यादव नेता बनेर होइन, जनताको बेटा बनेर सेवा गर्नको लागि आएको उनले बताए। जनताको आवश्यकता र समस्या बुझ्दै जनकनन्दिनी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु पार्टी भन्दामाथी उठेर गाउँपालिकालाई तीन वर्ष भित्रै गाउँपालिकाको प्रत्येक वडामा चार पाङ्ग्रे, कार गुड्ने बाटोको निर्माण गरेर देखाउने उनले दाबी गरेका हुन।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds