2024-03-19

Close

प्रदेश २ को नाम ” मधेस” र राजधानी “जनकपुरधाम” उत्तम हो, अनावश्यक बखेडा नझिकौं : राजपा केन्द्रिय सदस्य चौधरी

जनकपुरधाम भदौ ७ गते । प्रदेश नं. २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, “त्यो हो प्रदेशको नाम र राजधानी” राजपाका केन्द्रिय सदस्य संजय कुमार चौधरीले भने – “मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत प्रदेश नं.२ को नाम र राजधानीको बिषयमा बहस, छलफल र चर्चा सर्बत्र जारी छ ।”

 

नामको सबालमा ब्यक्ति तथा दलहरुले स्कुलिङ तथा पृष्ठभूमिको आधारमा तर्क गरिरहेका छन् भने राजधानीको सन्दर्भमा भूगोल (पायक पर्ने र केही हदसम्म बीचमा पर्ने) मनोविज्ञानले काम गरिरहेको छ । तर मोटामोटी जनकपुरप्रतिको स्वीकार्यता महसुस गर्न पाईन्छ । जहाँसम्म प्रदेशको नामाकरणको सबाल छ, निकै जटिल र पेचिलो बिषय बन्दै गइरहेको छ । दुई तिहाई बहुमतले पारित गर्नुपर्ने कानुनी प्रावधानले बिगत डेढ वर्षदेखिको गाँठोलाई झन दरिलो बनाइदिएको छ । यसमा दुईटा दृष्टिकोण स्पष्ट देखिन्छ :

१. सत्तापक्ष (सपा-राजपा) मधेस आन्दोलनको पृष्ठभूमि र खासगरी २०६३, २०६४ र २०७२ आन्दोलनको सबभन्दा लोकप्रिय नारा “मधेस प्रदेश” को पक्षमा देखिन्छ । साथै राज्यपक्षसंग भएको ऐतिहासिक ८ बुँदे सम्झौतामा उल्लेख भएअनुसार “मधेस प्रदेश लगायत अन्य प्रदेशहरु हुनेछ” भावनाको कदर गर्दै साथै स्वस्फुर्त रुपले जनआक्रोशले प्रायस सबै साइनबोर्डमा नेपाल सरकारको ठाउँमा मधेस सरकार लेखेर जनमत प्रकट गरिसकेको अवस्था छ । मधेस शब्दावली राजनीतिक रुपमा स्थापित भइसकेको छ । यो राज्यको एउटा पक्षको रुपमा मजबुतीका साथ प्रस्तुत भएको छ । मधेस भन्ने बित्तिकै पूर्वमा मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण जातजाति भाषाभाषी बर्ग समुदायलाई समेट्छ । यो भूभागका सम्पूर्ण जनसमुदायको पहिचान, स्वाभिमान र सम्मानको प्रतिनिधित्व गर्छ । जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको मुटु काँप्छ । जहाँसम्म हाम्रै कतिपय मधेसवादी मित्रहरु मध्यमधेसको वकालत गर्दै आएका छन् । उहाँहरुसँग मेरो अनुरोध छ, मधेसलाई हामी आफैले मध्य, पूर्व, पश्चिम, सुपको नाममा बिभाजन नगरौं । एक मधेसको अवधारणामा नै अगाडि बढौं । तसर्थ यो प्रदेश नं.२ को नाम मधेस प्रदेश राखेर मधेसको अन्य जिल्ला तथा भूभागहरुको भावनालाई समेटेर दीर्घकालीन रणनीतिकासाथ समग्र मधेस प्रदेश प्राप्तिको लक्ष्यमा अगाडि बढौं -चौधरीले भने ।

 

२. प्रतिपक्ष नेकपा र नेकाको धेरै हदसम्म प्रदेश नामाकरण सम्बन्धी अबधारणा लगभग एउटै हो । एउटाले मिथिला-भोजपुरा र अर्कोले मिथिला भनेको यदाकदा सुन्नमा आएको छ । यद्यपि संघीयता, प्रदेश बारे यि दुईटै दल कन्फ्युजनमा देखिन्छ । यि दलहरु बीच एउटा सामिप्यता छ,त्यो हो मधेस आन्दोलनको ताकतमा स्थापित संघीयता र मधेस आन्दोलनको सबभन्दा लोकप्रिय नारा “मधेस प्रदेश” को बिरोध गर्नु । यो बाहेक यि दुई दलबीच अरुकेही मिल्दैन । उहाँहरुले कर्मकाण्डी नै भए पनि प्रतिपक्षी धर्म निर्वाह गरिरहेका छन् । नेकपा र नेकाले सात प्रदेश मध्ये कहिकतै पनि भाषाको आधारमा प्रदेशहरुको नामाकरणबारे बोलेको छैन । तसर्थ यि दुईटै दलको मुख्य अभिप्राय मधेसी जनताको चाहनामा आघात पुर्याउनु हो यस बाहेक केहि होइन, चौधरीको धारणा छ ।

 

अन्त्यमा, आजको दिनमा मधेस यो देशमा एउटा राजनीतिक शक्तिको रुपमा स्थापित भएको छ । यो पुर्व देखि पश्चिम सम्मको सम्पूर्ण तराई मधेशको जिल्ला, समुदाय, भुगोल, संस्कृति, भाषा, पहिचान समग्रलाई जोड्ने एउटा मात्र शस्त्र र शास्त्र हो । यो प्रदेश नं २ लाई भौगोलिक र राजनीतिक वैमनस्यताको कारण आठ जिल्लामा मात्र सिमित गरिएको भएता पनि यसले पुर्बको झापा,मोरङ र सुनसरीको पनि भावना समेटेर अगाडि बढ्दैछ । पश्चिमको मकवानपुर, चितवन, दाङ, नवलपरासी, रुपन्देही, र कपिलवस्तुका साथै बाँके-बर्दियाको पहिचान स्वाभिमान र सम्मानको निम्ति लडिरहेको छ । त्यति मात्र नभई सुपका थारु दाजुभाई तथा दिदीबहिनीहरुको अस्तित्व रक्षाको लागि पनि संघर्षत छन । तसर्थ, मधेस प्रदेश एकमात्र विकल्प हामी सामु खडा छ । यो नामलाई स्वागत गरौं । जहाँ जे पार्टी रहनुस । तपाईको अस्मिता र अस्तित्वको रक्षा मधेसले नै गर्ने छ, चौधरीको दाबी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds